२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

उपनिर्वाचन : नयाँकिरण माविमा तनाव, सेनाको टोलीद्वारा सुरक्षा

प्रकाशित मिति : २०८० बैशाख १० गते

चितवन / उपनिर्वाचन स्थल रहेको भरतपुर–११ स्थित भोजाडस्थित नयाँकिरण माविमा केहीबेर तनाव सिर्जना भएको छ । तनावपछि केहीबेर मतदान कार्यक्रम नै बिथोलिएको हो ।
मतदान स्थलमा चितवन–२ का उपनिर्वाचन उम्मेदवार रवि लामिछाने प्रवेश गर्ने क्रममा उनका समर्थकहरूले नाराबाजी गरेपछि तनाव सिर्जना भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उम्मेदवार लामिछाने मतदानस्थलमा पुगेपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए ।
विपक्षी पार्टीका समर्थकले प्रतिवाद गर्दा अवस्था तनावग्रस्त भएको हो । अवस्था तनावग्रस्त भएपछि प्रहरीले लाठीचार्जसमेत गरेको थियो । अहिले मतदानस्थल बाहिर नेपाली सेनाको टोलीले सुरक्षा दिइरहेको छ भने मतदान कार्यक्रम चलिरहेको छ ।
यस क्षेत्रमा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र रास्वपाका लामिछाने मुख्य उम्मेदवार रहेका छन् । उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर –२ मा एक लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । जहाँ मंसिर ४ मा निर्वाचन हुँदाको भन्दा ४८० मतदाता थपिएका छन् ।
इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकासहित चितवन–२ मा भरतपुर महानगरपालिकाका २९ मध्ये १० वटा वडाहरू पर्दछन् । चितवन–२ मा दलबाट १२ र स्वतन्त्र १० गरी कुल २२ उम्मेदवार चुनावी मैदानमा छन् । चितवनमा मतदान स्थल ४३ र मतदान केन्द्र १३८ रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22