चितवन / चितवन–चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दैै चितवन काँग्रेसले बिहीबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेको छ ।
काँग्रेससहित आम सर्वसाधारणहरु उपस्थित भएर बिहान साढे ११ बजेदेखि जिल्ला प्रहरी कार्यालय चितवन बाहिर दवाव दिएका हुन् । कंडेललाई आत्महत्या गर्न बाध्य बनाउने व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत लेखा प्रमुख जीवन रावललाई तत्काल पक्राउ गर्न प्रदर्शनकारीहरुको माग हो ।
यसैबीच बिहीबार राति नै व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावल रहेका छन् ।
भरतपुर महानगरपालिका–८ का ३७ वर्षीय रावललाई बाराको सिमाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुए । राति नै उनलाई चितवन ल्याइएको छ भने आज (शुक्रबार) देखि अनुसन्धानको प्रक्रिया अघि बढाउने उनले बताए ।
उनका अनुसार भागेर लुकेको अवस्थामा रावललाई प्रहरीले पक्राउ गरिएको हो । कँडेलले आत्महत्या अघि लेखेको ‘सुसाइट नोट’मा रावल र सोही कम्पनीको ८५ प्रतिशत शेयर किनेका प्रदीप रुङ्गटाका कारण आत्महत्या गर्नुपरेको उल्लेख गरेको छ ।
सो घटनापछि निरन्तर दबाबमूलक कार्यक्रम भइरहेका छन् । रुङ्गटा पक्राउका लागि नेपाल र भारतीय भूमिमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पण्डितले नेपाल प्रहरी, सिआइबीलगायत सङ्गठनका निकाय परिचालन भएकाले छिट्टै पक्राउ पर्ने बताए ।
कँडेल मङ्गलबार साँझ चितवनको नारायणगढस्थित आफ्नै कार्यालयमा झुन्डिएको अवस्थामा भेटिएको हो । नेपालका परिचित पोल्ट्री व्यवसायी कँडेल नेपाली कांग्रेसका महासमिति सदस्यसमेत हुनुहुन्थ्यो ।
- ADVERTISEMENT -

पोल्ट्री व्यवसायी मृत्यु प्रकरण : प्रहरी कार्यालय घेराउ, एकजना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












