चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला समन्वय समिति चितवनले भुटानी शरणार्थी सम्बन्धी मानव बेचबिखन सम्बन्धित भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । भरतपुरमा मंगलबार सम्पन्न छैंठौ पूर्ण बैठकले भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्ने लगायत विभिन्न महत्वपूर्ण निर्णय गरेको जिल्ला अध्यक्ष अरुणपीडित भण्डारीले जानकारी दिए ।
अध्यक्ष भण्डारीका अनुसार आज बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय चितवनमा भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शन गर्ने भएको हो । भ्रष्टाचार विरुद्ध विरोध प्रदर्शनमा सबैको साझा सवाल भएकाले संगठनका सम्पूर्ण सदस्य तथा आम नागरिकलाई पनि सहभागी हुन आह्वान गरिएको छ ।
बैठकले पार्टी सदस्यता वितरण, संगठन सुदृढिकरण, पालिका कमिटी गठन÷पुनर्गठन, पार्टी मातहतको जनवर्गीय संगठन, मोर्चा संगठन गठन÷पुनर्गठन र विभिन्न विभागहरु निर्माण गर्ने निर्णय गरेको छ भने संगठन सुदृढीकरणका लागि अझ सशक्तिकरण गर्दै लैजाने भएको छ ।
यस्तै आजै मदन–आश्रितको पुण्यस्मृतिमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको अध्यक्ष भण्डारीले बताए ।