प्रतिनिधि सभा बैठक आज पनि : नीति तथा कार्यक्रममाथि छलफल

0
14

काठमाडौं / सरकारको नीति तथा कार्यक्रममाथि आज (मंगलबार) पनि छलफल जारी रहने भएको छ । गत जेठ ५ मा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रममाथि छलफल जारी रहने भएको हो ।
बैठक बिहान ११ बजे बस्नेछ । नीति तथा कार्यक्रममाथि जेठ ७ गतेदेखि छलफल प्रारम्भ भएको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रममाथि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शीर्ष नेताले राय सुझाव दिइसकेका छन् ।