March 29, 2024

नेकपा एसको प्रचार प्रसारमा हरि अधिकारी, समाजवादी प्रेस संगठनको अधिवेशन जेठभित्रै

June 2, 2023

चितवन / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला शाखा चितवनको प्रचार प्रसार विभाग प्रमुखमा हरि अधिकारी चयन भएका छन् । केन्द्रीय बस टर्मिनल नजिकै रहेको भरतपुरको आफ्नै कार्यालयमा बिहीबार सम्पन्न बैठकले हरि अधिकारीलाई छनोट गरेको जिल्ला अध्यक्ष अरुणपीडित भण्डारीले जानकारी दिए ।
बैठकमा अध्यक्ष भण्डारीले पार्टी सुदृढीकरणका प्रचार प्रसारको मुख्य भूमिका हुने भएकोले जिम्मेवारीपूर्वक बहन गर्न सुझाव दिए । पार्टीको हरेक गतिविधिलाई प्रचार प्रसार विभागले सुक्ष्म ढंगले रिपोर्टिङ गर्नुपर्ने उनको आग्रह थियो ।
उनले विभागलाई सशक्त ढंगले अगाडि लैजान पार्टीको पूर्ण सहयोग रहने आश्वासन दिए । प्रचार प्रसार विभागका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री व्यवस्थापन गर्ने र निकट भविष्यमै कार्यालय स्थापना गरी अघि बढाइने प्रतिबद्धता जनाए ।
बैठकले समाजवादी प्रेस संगठनको जेठ मसान्तभित्रै प्रथम साधारण सभा तथा अधिवेशन गर्ने निर्णय पनि गरेको छ । उक्त साधारण सभामा नयाँ सदस्यता वितरण गर्ने, सदस्यता विस्तारका लागि सबै एकढिक्का भएर अघि बढ्ने निर्णय गरिएको थियो ।
बैठकमा नेकपा समाजवादीका स्थायी कमिटी सदस्य हरि पराजुली, जिल्ला सचिव कुलप्रसाद लामिछाने, समाजवादी प्रेस संगठनका टिकादत्त तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -