March 29, 2024

लागूऔषध सहित २ जना पक्राउ

August 26, 2020

चितवन / नवलपरासी पूर्व (नवलपुरमा) लागूऔषद्यसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका ९ बस्ने २३ वर्षका सुवाश श्रेष्ठ र भरतपुर महानगरपालिका २ बस्ने २६ वर्षका ध्रुव श्रेष्ठ रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार बुधबार गैँडाकोट नगरपालिका २ मौलाकालिका गेट नजिक हिडिरहेका दुई जनालाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट लागूऔषध बरामद भएको हो ।
उनीहरुको साथबाट २ एम्पुल नुफ्रिन, २ एम्पुल फेनरागन र २ एम्पुल डाईजोपाम गरि ६ एम्पुल लागूऔषध बरामद गरिएको छ । थप अनुसन्धानको क्रममा लुकाएको अवस्थामा ६६ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुका बारेमा थप अनुसन्धान भइहको प्रहरीले जानकारी दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -