२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बालकुमारी २०४७ ब्याचका पूर्वविद्यार्थीको पुनर्मिलन

प्रकाशित मिति : २०८० पुष १७ गते

चितवन / बालकुमारी माध्यमिक विद्यालय नारायणगढका पूर्वविद्यार्थीले शनिबार साँझ गैंडाकोटमा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा २०४७ सालमा एसएलसी दिएका विद्यार्थीहरूले होटल द नारायणीमा सांगीतिक कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा बोल्दै बालकुमारी माविका प्रअ आनन्द सापकोटाले पूर्वविद्यार्थीको साथ र सहयोगले अगाडि बढ्न सहज भएको बताए । पूर्वप्रअ शरदरन्जन श्रेष्ठले विद्यार्थीलाई फूल र यात्री तथा शिक्षकलाई माली र घटवारेका रूपमा व्याख्या गरे ।
एसएलसी ४७ ब्याचका विद्यार्थी सूर्यप्रकाश कँडेलले सहजीकरण गरेको कार्यक्रममा बालमाविद् एलुम्नाई एसोसिएसनका पूर्वअध्यक्ष आश्विन श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा पूर्वविद्यार्थी अरूण पौडेल, बद्री पौडेल र सन्जोग श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए भने दीपक दवाडीले सांगीतिक प्रस्तुति दिएका थिए ।
उक्त कार्यक्रममा सोही ब्याचका बबिलाल तामाङले न्यूजप्रवाह साप्ताहिकको प्रथम वार्षिकोत्सवको पुस्तक वितरण गरेका थिए । तामाङ न्यूजप्रवाह साप्ताहिकका प्रधान सम्पादक हुन् भने विगत दुई दशक बढीदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् ।
नेपाली र हिन्दी गरी करिब एक दर्जन गीत गाएका दवाडीले डिजे बनेर सहपाठीलाई नचाएका थिए । उनले पापा कहते हे बडा नाम करेगा बोलको गीत गाउँदा पुराना दिन सम्झेर उपस्थित सबै भावुक बनेका थिए ।
पूर्वविद्यार्थी राजन खयरगोलीले कार्यक्रममा उपस्थित शिक्षकहरू ऋध्दिचरण श्रेष्ठ, राजकुमार श्रेष्ठ, गंगा साह र शरदरन्जन श्रेष्ठलाई ढाकाटोपी पहिराई सम्मान व्यक्त गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.07
153.67
European Euro
1
173.83
174.52
UK Pound Sterling
1
203.26
204.06
Swiss Franc
1
186.61
187.35
Australian Dollar
1
106.62
107.04
Canadian Dollar
1
108.44
108.87
Singapore Dollar
1
118.33
118.79
Japanese Yen
10
9.34
9.38
Chinese Yuan
1
22.61
22.70
Saudi Arabian Riyal
1
40.77
40.93
Qatari Riyal
1
41.99
42.15
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
41.68
41.84
Malaysian Ringgit
1
37.41
37.55
South Korean Won
100
10.48
10.52
Swedish Kroner
1
15.70
15.77
Danish Kroner
1
23.25
23.35
Hong Kong Dollar
1
19.52
19.60
Kuwaity Dinar
1
497.06
499.01
Bahrain Dinar
1
405.89
407.48
Omani Rial
1
397.57
399.13