चितवन / तामाङ समुदायको गौरव र गरिमा बोकेको ‘प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव २०८० महोत्सव’को आज (बुधबार) बाट सुरु हुँदैछ । लामो समयको पर्खाइपछि अन्ततः राप्तीका तामाङहरुबाट सुरु गरिएको महोत्सवको उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गर्ने भएको छ ।
श्री च्योमदेन दे ढा च्योम गुम्बाको आयोजनामा सुरु हुन लागेको उक्त महोत्सवको पूर्वसन्ध्यामा मंगलबार बृहत मोटरसाइकल र्याली गरिएको संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक देवराज लामाले जानकारी दिए । स्थानीयसहितको उल्लेख्य सहभागिता रहेको र्याली ब्रम्हनगरहुँदै लोथरसम्म पुगेको थियो ।
अध्यक्ष लामाका अनुसार महोत्सव शुभारम्भ पूर्व सबै जातजातिको भेषभूषा झल्किने झाँकीसहितको र्याली ब्रम्हनगरबाट सुरु हुँदैछ । उक्त र्यालीमा सबै जनसमुदायका जातजातिहरुको सहभागिता रहने उनले बताए ।
यसैबीच राप्ती नगरपालिका उपमेयर देवेन्द्र लामाले महोत्सव सञ्चालन पूर्व नै सफल भएको घोषणा गरेका छन् । तामाङ पत्रकार संघ चितवनको टोलीसँग मंगलबार पत्रकार सम्मेलन गरी उपमेयर लामाले महोत्सव सफल भएको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा च्योमदेन गुम्बाका सल्लाहकार समेत रहेका उपमेयर लामाले महोत्सवको आर्थिक पक्ष बलियो भएको बताए । वैदेशिक रोजगारमा रहेका व्यक्तित्वहरुबाट १२ लाख बढी आर्थिक सहयोग जुटेको र राप्तीका हरेक घरधुरीले स्वतःस्फूर्तमा सहयोग गरेको उनको भनाइ छ ।
मकवानपुर, राक्सीराङसहित चितवनभरिका सबै जनसमुदायलाई महोत्सव अवलोकनका लागि उनले आग्रह समेत गरेका छन् । जिल्लामै पहिलो पटक हुन लागेको तामाङ जातिको पहिचान झल्किने महोत्सवको अवधारणा उपमेयर लामाकै रहेको राप्तीका स्थानीयहरु बताउँछन् ।
तामाङको पहिलो महोत्सव भएकोले जिल्लाका तामाङ समुदायहरु निकै उत्साहित भएको पाइएको छ भने विभिन्न ठाउँबाट महोत्सव अवलोकनका लागि दर्शकहरु आउने आयोजकको अनुमान छ ।
- ADVERTISEMENT -

राप्तीमा तामाङ महोत्सव आजबाट सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10










