२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026
२०८३ बैशाख ४, शुक्रबार
April 17, 2026 Friday
- ADVERTISEMENT -

खैरहनीका मेयर खनियाको मनपरि बढ्दै

बिलासी गाडी किनेको आरोप
प्रकाशित मिति : २०८० चैत्र ४ गते

चितवन / खैरहनी नगरपालिकामा मेयरको मनपरी बढेको भन्दै राजनीतिक दलहरुले ज्ञापनपत्र बुझाएका छन् । १० वटा बेथितिका बुँदाहरु राखेर आज एमाले, माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले मेयरलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमार्फत् मेयर शशी खनियाको ध्यानाकर्षण गराइएको छ ।

एमाले खैरहनी नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटी, माओवादी केन्द्र खैरहनी नगर कमिटी अध्यक्ष रामेश्वर पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी खैरहनी नगरसमिति अध्यक्ष सकुन्तला अधिकारी र देवराज कँडेलले हस्ताक्षर गरेको ज्ञापनपत्रमा प्रतिस्पर्धाबिना फोहोर व्यवस्थापनको ठेक्का लगाएको, जग्गा वर्गीकरण शुल्क महंगो भएको, शीत भण्डार सञ्चालन गर्ने तर्फ ध्यान नदिइएको, लदरी खोलाको पुल निर्माणमा लापरवाही भएको जस्ता विषय उठाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै कृषिजन्य वस्तुको उत्पादन तथा बजार व्यवस्थापनमा ध्यान नदिइएको, नगरपालिकाभित्र विद्युत् आपूर्तिको समस्या रहेको, गुणस्तरहिन विकास निर्माण भएको, शुद्ध पिउने पानीको व्यवस्था नभएको, प्राकृतिक स्रोतसाधनको अनाधिकृत दोहन भएको र नागरिकले तिरेको करको दुरुपयोग जस्तो विषय उठाइएको छ ।

ज्ञापनपत्रको १० नम्बर बुँदा नगरपालिकाले आर्थिक मन्दीको समयमा नगरप्रमुखले बिलासी गाडी खरिद गरेको आरोप लगाइएको छ । त्यसैगरी शीतभण्डारको अभावले किसानले तरकारी कुहिएर फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न पनि माग गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.82
149.42
European Euro
1
175.40
176.11
UK Pound Sterling
1
201.60
202.41
Swiss Franc
1
189.94
190.71
Australian Dollar
1
106.73
107.16
Canadian Dollar
1
108.38
108.82
Singapore Dollar
1
117.02
117.50
Japanese Yen
10
9.36
9.40
Chinese Yuan
1
21.82
21.91
Saudi Arabian Riyal
1
39.67
39.83
Qatari Riyal
1
40.82
40.98
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.52
40.68
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.08
10.12
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.47
23.57
Hong Kong Dollar
1
19.02
19.09
Kuwaity Dinar
1
486.02
487.98
Bahrain Dinar
1
394.54
396.13
Omani Rial
1
386.54
388.10