२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

सप्तरीमा जङ्गली हात्ती आतङ्कले पाँच घरमा क्षति

प्रकाशित मिति : २०७७ भाद्र १६ गते
File photo.

राजविराज / कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीको समूहले सप्तरीको उत्तरी क्षेत्रमा गएराति पाँच वटा घरमा क्षति पु¥याएको छ । जिल्लाको कञ्चनरुप नगरपालिका–१० बदगामामा गए राति जङ्गली हात्तीको समूहले पाँच वटा घरमा तोडफोड गरेर क्षति पु¥याएको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट नौ वटाको समूहमा आएको जङ्गली हात्तीले कञ्चनरुप नगरपालिका–१० बदगामामा पाँच वटा घरमा तोडफोड गरेको वडाध्यक्ष दिलीप चौधरीले जनाकारी दिनुभयो । सो हात्तीको समूहले स्थानीयवासी सम्झाना देवी यादवको एक, मनोज गुप्ताको एक, जयकृष्ण कुमार कुसियैतको दुई र सुदामा कुसियैतको एक वटा घरमा तोडफोड गरेको वडाध्यक्ष चौधरीले बताउनुभयो ।
हात्तीले घरमा तोडफोड गर्र्दा घरभित्र रहेका चार ड्रम चामल, तीन ड्रम गहुँ र अन्य अन्नपात खानुका साथै घरको आँगनमा रहेको खानेपानी टु्यवबेलसमेत उखेलेर फालेको पीडित सञ्जय कुसियैतले जानकारी दिनुभयो ।
ती हात्तीलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले धपाउन सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो क्षेत्रमा दैनिक हात्ती आतङ्क बढेपछि स्थानीयवासी जाग्रामसमेत बस्न बाध्य रहेको सोही ठाउँका अञ्जनी यादवले गुनासो गर्नुभयो ।
विगत छ महिनादेखि कोरोना सङ्क्रमण फैलिएर घरमै बस्नुपर्ने बाध्यता रहेको बेला जिल्लाको कञ्चनरुप नगरपालिका, सप्तकोशी नगरपालिका अग्निकृष्णसवरण गाउँपालिकाकालगायत करिब दुई दर्जनभन्दा बढी गाउँमा दैनिकजसो हात्ती पस्ने गरेको स्थानीयवासीको भनाइ छ । यस क्षेत्रमा बढेको हात्ती आतङ्कलाई नियन्त्रण गर्न सम्बन्धित निकाय मौन रहेको स्थानीयवासीको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96