२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

संयुक्त राष्ट्रसंघको कालोसूचीमा इजरायल र हमास

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते
File photo.

काठमाडौं / इजरायली आक्रमणमा एकै दिन २७४ जना प्यालेस्टाइनीहरुले ज्यान गुमाएको र ७०० भन्दा बढी गम्भीर घाइते भएको घटनापछि आइतबार विश्वभर विरोध प्रदर्शन भएको छ ।

सो आक्रमणको घटनापछि हमास र हिजबुल्लाहका समर्थकहरूले अमेरिकामा ह्वाइट हाउस नजिकै इजरायल विरोधी प्रदर्शन गरे भने इजिप्ट, इरान, इराक, कतार र लेबनानमा पनि हिंसात्मक प्रदर्शनहरू भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

प्रदर्शनकारीहरूले अमेरिकी राष्ट्रपति बाइडेनको समेत विरोध गरेका छन् । गाजामा हमासविरुद्ध इजरायलको आक्रमणमा सहयोग पुर्‍याएको भन्दै उनीहरूले अमेरिकी सरकार र राष्ट्रपति बाइडेनको विरोध गरेका थिए । उनीहरूले ‘बालबालिकामा बम विस्फोट गर्नु आत्मरक्षा होइन’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

इजरायलविरुद्ध निस्किएका विरोध र्‍यालीहरूमा सयौँ मानव अधिकारवादी र सर्वसाधारणको संलग्नता रहेको छ । सो घटनालाई लिएर संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई पनि मानवअधिकार उल्लंघनको आरोपमा कालोसूचीमा राखेको छ ।

- ADVERTISEMENT -

Advertisement

युद्धग्रस्त गाजा क्षेत्रमा बालबालिकाविरोधी कार्य भएको र गम्भीर मानव अधिकार उल्लङ्घन भएको भन्दै राष्ट्र संघले यस्तो कारबाही गरेको जनाएको छ । इजरायल पहिलोपटक यस्तो कारबाहीमा परेको हो । यसअघि रुस, अफगानिस्तान, इराक, म्यानमार, सोमालिया, यमन, सिरिया, आतंकवादी संगठन आइएस, अलकायदा र बोको हराम राष्ट्रसंघको कालोसूचीमा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.19
151.79
European Euro
1
173.14
173.83
UK Pound Sterling
1
200.14
200.93
Swiss Franc
1
187.02
187.77
Australian Dollar
1
105.85
106.27
Canadian Dollar
1
106.65
107.07
Singapore Dollar
1
116.91
117.38
Japanese Yen
10
9.35
9.38
Chinese Yuan
1
22.32
22.41
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.63
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.16
41.33
Malaysian Ringgit
1
36.44
36.58
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.74
15.81
Danish Kroner
1
23.16
23.26
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
491.44
493.39
Bahrain Dinar
1
401.05
402.64
Omani Rial
1
392.72
394.28