April 19, 2024

निषेधाज्ञा खुकुलो पार्ने निर्णय

September 2, 2020

के गर्न पाइन्छ, के गर्न पाइदैँन !
काठमाडौं / काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पारिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पार्ने निर्णय गरेको हो ।
साथै बैठकले आजबाट ७ दिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय समेत गरेको छ । बैठकपछि उपत्यकामा निषेधाज्ञाको समयमा गर्न हुने र नहुने कामको सूची समेत एक विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
विज्ञप्तिमा बिहान ११ बजेसम्म किनमेल र हिँडडुलका लागि खुकुलो गरिएको छ । त्यस्तै बैंकलगायतका नियमित सेवा प्रदायक संस्थाहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी न्यूनतम कर्मचारी राखेर सेवा दिन सक्ने व्यवस्था गर्न समेत सक्ने जनाइएको ।
उता, होटल, रेष्टुरेन्ट, फुटपाथ पसल भने पूर्ण रूपमा बन्द गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ ।

 

- ADVERTISEMENT -