काठमाडौं / नेवार समुदायको ‘गुँला’ पर्व सुरु भएको छ । पर्व गुँलाथ्व पारु (श्रावण शुक्ल प्रतिपदा) मा शुरु भएर ञलाथ्व पारु (भाद्र शुक्ल प्रतिपदा) सम्म मनाउने परम्परा छ । नेपाल संवतको नवौँ महिनामा यो पर्व मनाइन्छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भन्ने बुझिन्छ।
एक महिनासम्म विभिन्न बाजागाजासहित बौद्ध चैत्य गुम्बा र बिहार परिक्रमा गर्ने चलन छ । विशेषगरी बौद्धमार्गीको पर्व भए पनि अचेल हिन्दु समुदायका श्रद्धालु पनि यो पर्वमा सहभागी हुन थालेका छन् । बौद्ध धार्मिक स्थलसँगै मठमन्दिर पनि परिक्रमा गर्ने चलन बढेको बताइएको छ।
- ADVERTISEMENT -

यो अवधिभर माछामासु, जाँडरक्सी आदि खान नहुने मान्यता छ । यो वर्ष सोमबार (साउन २१) मा शुरु भएको यो पर्व भदौ १९ गते समापन हुनेछ ।










































