चितवन / चितवन जिल्लामा कोरोना सङ्क्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा एक र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो ।
भरतपुर अस्पतालले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलाको मृत्यु भएको हो । विगत तीन महिनादेखि मिर्गौलाको समस्याका कारण डायलोसिस गराइरहेकी उनलाई भदौ १४ गते खोकी र स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको अस्पतालद्वारा जारी सूचनमा उल्लेख छ । भदौ १७ गते कोरोना सङ्क्रमण देखिएको उनको कोभिड सघन उपचार कक्षमा आज साँझ ५ः १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसअघि आजै चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा गौँडाकोट नगरपालिका–५ का ३७ वर्षका एक पुरुषको मृत्यु भएको छ । अस्पतालका निर्देशक दयाराम लम्सालका अनुसार मिर्गौलामा समस्या देखिएपछि उनी भदौ ५ गते अस्पताल भर्ना भएका थिए । उनको भदौ १० गते गरिएको स्वाब परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा आज दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै गएराति भरतपुर महानगरपालिका–११ का ४० वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो । स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएकी उनमा कोरोना सङ्क्रमण देखिएको थियो । उनको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
यससँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । चितवनका ११, मकवानपुरका चार, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक/एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । हालसम्म जिल्लामा सङ्क्रमितको सङ्ख्या ८६२ पुगेको छ ।रासस
- ADVERTISEMENT -

एकैदिन चितवनमा तीन कोरोना संक्रमितको ज्यान गयो

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













