चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा सडक भासिएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएपछि अहिले एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ । सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए ।
- ADVERTISEMENT -

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने बताइएको छ ।











































