२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित १३ जना पक्राउ

प्रकाशित मिति : २०८१ आश्विन १९ गते
file photo.

काठमाडौं / अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट १३ जना पक्राउ परेका छन् । कैलाली, दाङ, मोरङ, काठमाडौं र सर्लाही जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय मिलिग्रामसहित बिहीबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही उपमहानगरपालिका–१ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, दाङको घोराही उपमहानगरपालिका–१० खैराबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय १० मिलिग्रामसहित बिहीबार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ जलौरा बस्ने २० वर्षीय आकाश बुढा रहेका छन् । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यसतै, मोरङ, बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ५ सय ३० मिलिग्रामसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–१५ बस्ने २८ वर्षीय कोलेन राई, २८ वर्षीय सोनाम तामाङ र सोही उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय अगम राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

यता, काठमाडौंको काठमाडौं महानगरापालिका–१५ चमती डेरा गरी बस्ने १९ वर्षीय नबिन रिजालको कोठाबाट अवैध लागूऔषध गाँजाको धुलोसहित पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजाको धुलो करिब २ सय ग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ७ सय ६५ ट्याब्लेट, ट्रामाडोल ५ सय ५० ट्याब्लेट, स्ट्रागन ३ सय ७० ट्याब्लेट, स्पास ३० ट्याब्लेट र नगद २९ हजार ७ सय रूपैयाँसहित उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले काठमाडौं महानगरपालिका–१५ चमती बस्ने २६ वर्षीय अनिष महर्जन समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिणामको लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, सर्लाहीको बागमती नगरपालिका–१२ बागमती पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेटसहित प्रहरीले दुई जनालाई बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम तामाङ र १९ वर्षीय निशान दोङ रहेका छन् । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51