२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

तामाङ सोसाइटी टेक्ससले गरे मृतकका परिवारलाई आर्थिक सहयोग

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते
Photo : tukhabar

मकवानपुर / तामाङ सोसाइटी अफ टेक्ससले क्यान्सर रोगबाट मृत्यु भएकी मनहरीकी सानुमाया थिङको परिवारलाई आर्थिक सहयोग गरेको छ । अमेरिकाको टेक्ससमा बस्दै आएका मनहरी–२ घर भएका बुद्धिमान वाइबाको नेतृत्वमा रकम संकलन गरी मृतक थिङको परिवारलाई सहयोग गरिएको हो ।

वाइबाको सक्रियतामा उपचारार्थ भन्दै एक लाख ९० हजार रुपैयाँ सहयोग रकम उठाइएको थियो । रकम ढिला गरी उठेकोले मृतकको घरपरिवारलाई थोरै भएपनि सहयोग हुने भन्दै नेपालमा उक्त रकम पठाइएको वाइबाले बताए ।

- ADVERTISEMENT -

Advertisement

आर्थिक संकलनको लागि वडा भित्रबाटै अभियान चलाएका इन्द्रदेब वाइबाको संयोजनमा उक्त रकम शुक्रबार मृतकको घर मनहरी गाउँपालिका वडा नम्बर २, ठाडोखोलास्थित पुगेर उनको श्रीमानलाई वडाध्यक्ष राजकुमार पाख्रिनको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

मृतक सानुमायाको एक छोरा र एक छोरी छन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा अखिल नेपाल विद्यार्थी (समाजवादी) ले श्रद्धाञ्जली कार्यक्रमको पनि आयोजना गरेको थियो ।

सो क्रममा वडाध्यक्ष पाख्रिनले सहयोगी हातहरुप्रती विशेष आभार व्यक्त गर्दै वडाबाट हुने सहयोग र पालिकाको तर्फबाट मिल्ने सहयोगको लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

रकम हस्तानतरण कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य बिरेन्द्र डी.सी., नेपाली काँग्रेस २ नम्बर वडा सभापती प्रेम गोङ्बा, नेकपा एमाले २ नम्बर वडा पार्टी अध्यक्ष इन्द्रदेब वाईबा, नेकपा माओबादी केन्द्र २ नम्बर वडा ईन्चार्ज चन्द्र स्याङ्तान, विद्यार्थी नेता, नेपाल तामाङ पत्रकार संघ मकवानपुरका उपाध्यक्ष सन्देश थिङलगायतको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20