२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

रवि लामिछाने समर्थक र प्रहरीबीच झडप, चितवनमा बयान जारी

प्रकाशित मिति : २०८१ मंसिर २० गते

चितवन / सहकारी ठगी प्रकरणमा बयानका लागि चितवनको भरतपुरमा दोस्रो दिन बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला न्यायाधिवक्ताको कार्यालयमा लगिएपछि सडकमा प्रदर्शन गरिरहेका रवि समर्थक र सुरक्षाका लागि तैनाथ प्रहरीबिच झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय भरतपुर अगाडि जम्मा भएका प्रदर्शनकारीलाई प्रहरीले अगाडि बढ्न रोकेपछि झडपको स्थिति आएको हो ।

- ADVERTISEMENT -

Advertisement

गाडीमा माइकिङ गर्दै अगाडि बढेको जुलुसलाई प्रहरी टोलीले रोकेपछि रवि समर्थकले प्रहरीमाथि ढुंगा हानेका थिए । जवाफमा प्रहरीले पानीको फोहोरा छाडेर भिडलाई तितरवितर पारेको थियो ।

त्यसपछि पनि जुलुस अगाडि बढ्न खोजेपछि प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको थियो । झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन् ।

- ADVERTISEMENT -

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धमा बयान लिन मंगलबार भरतपुर ल्याइएको हो । मंगलबार बयान नसकिएपछि लामिछानेसँग बुधबार पुनः बयान लिइएको हो । लामिछानेसँग बयान लिने काम जारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99