२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

तामाङले शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्छ – नगरप्रमुख लामा

प्रकाशित मिति : २०८१ मंसिर २६ गते
Photo : Bina Taman / newsprabah

– बबिलाल तामाङ
भरतपुर । हेटौंडा उपमहा–नगरपालिका प्रमुख मीना लामाले तामाङहरुलाई एक ढिक्का भएर अघि बढ्नु पर्ने बताइन् ।

तामाङ पत्रकार संघ (एटीजे) बागमती (नेवा ताम्सालिङ) प्रदेश समितिको शनिबार सम्पन्न दोस्रो अधिवेशनमा प्रमुख लामाले सो आग्रह गरेकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी लामाले अन्याय हुनेलाई न्याय, घरबारविहीनलाई घरबार, जग्गाविहीनलाई जग्गा दिलाउने पहलमा सदैव अघि बढेको प्रमुख लामाको भनाइ थियो ।

तामाङ समुदाय विपन्न र पछाडि परेकोले सबै मिलेर उकास्नु पर्नेमा उनले जोड दिइन् । अन्य जातिको तुलनामा शिक्षा र स्वास्थ्यमा धेरै पछि परेकोले अघि बढाउन सबैको हातेमालो आवश्यक रहेको उनले बताइन् ।

- ADVERTISEMENT -

Advertisement

समाज परिवर्तनका लागि पत्रकारको कलम नै बलियो आधार भएकोले तामाङ समुदायलाई जनचेतना दिने प्रमुख भूमिका हुने उनले जिकिर गरिन् । पत्रकारितामा सधंै सकारात्मक पक्षमा रहेर कलम चलाए समाज रुपान्तरणमा बल पुग्ने उनको आशय थियो ।

राज्यले सयौं वर्षदेखि सरकारी कामकाजीमा बन्देज बनाएकोले तामाङ समुदायले आजको प्रविधि अनुसार अलि बढी अभ्यास गर्नुपर्नेमा लामाले जोड दिइन् । उनले तामाङ समुदायलाई तीन वटै प्रदेशबाट अवसरको ठाउँहरु भएकोले सहयोगका लागि सधैँ तत्पर रहने विश्वास दिलाइन् ।

लामाले विशेषगरी पछाडि परेका जनजातिका समुदायलाई अघि बढाउन स्थानीय सरकारको मूल नारा नै भएको बताउँदै तपाईहरुको सक्रिय भूमिकाले अझ बढी प्रभावकारी हुने बताइन् ।

हेटौंडामा तामाङ समुदायको संग्रहालय नै बनाएर भाषा, कला, संस्कृतिको जगेर्नाको पहल भइरहेको उनले भनिन् ।

हरेक तामाङ संगठनलाई बलियो बनाएर लैजानेमा आफू प्रतिबद्ध भएको र सबै पालिकाले पत्रकारको हकहितको लागि काम गर्दै आएको लामाको भनाइ थियो । पत्रकार सम्बद्ध संगठनले कार्ययोजना बनाई ल्याएमा अरु व्यवसायीहरुलाई जस्तै उपमहानगरपालिकाले सहयोग गर्ने उनले बताइन् ।

कार्यक्रममा तामाङ पत्रकार संघ केन्द्रीय उपाध्यक्ष नेत्र तामाङ, केन्द्रीय सचिवद्वय शिशिर दोङ र उर्गेन तामाङ, केन्द्रीय सदस्यद्वय आदर्श थोकर र हिरामान बल, नेपाल तामाङ घेदुङ केन्द्रीय सदस्य लक्ष्मी पाख्रिन, घेदुङ बागमती प्रदेश अध्यक्ष लीलाकुमार घलान, नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, पे्रस चौतारी नेपाल केन्द्रीय सदस्य हरि हुमागाईं, समाजवादी प्रेस संगठन केन्द्रीय सदस्य शिवकुमार कासी, नेपाल पत्रकार महासंघ मकवानपुर सह–सचिव एमपी शर्मा, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अञ्जली थापा, नेपाल प्रेस युनियन मकवानपुर निवर्तमान अध्यक्ष कुमार अधिकारी पोष्टराज, समाजवादी प्रेस संगठन मकवानपुर अध्यक्ष शिव चौलागाईं, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुर अध्यक्ष अशोक सुजन श्रेष्ठ र मकवानपुर तामाङ कलाकार संघ अध्यक्ष धिरेन लामा र तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष जयराम मोक्तान लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा तामाङ पत्रकार संघ बागमती प्रदेश अध्यक्ष अर्जुन पाख्रिनको सभाध्यक्षतामा सम्पन्न भएको थियोे ।

संघका उपाध्यक्ष ज्ञानेन्द्र तामाङले स्वागत मन्तव्य र सचिव जगत तामाङले कार्यक्रम संचालन गरेका थिए ।

जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51