चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले सट्टेबाजी र लागु औषधको अभियोगमा ६ जनालाई पक्राउ गरेको छ । कार्यालयका प्रबक्ता सूर्यबहादुर थापाका अनुसार सिपिएल क्रिकेटमा सट्टेबाजी खेलाउने ४ जना र लागु औषध सहित २ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नवलपरासी सुस्ता पूर्ब गैडाकोट नगरपालिका वडा नं.२ का २८ वर्षिय सविन कंडेल र ३४ वर्षिय राजेश सिग्देल रहेका छन् ।
यस्तै भरतपुर महानगरपालिका वडा नं.७ का २२ वर्षिय रिनाज आचार्य र २८ वर्षिय सन्जिल लामिछाने रहेका छन् । उनीहरुलाई प्रहरीले अनलाईन सट्टेवाजी खेलाएको आरोपमा पक्राउ गरेको हो ।
उनीहरुबाट नगद रू. १ लाख ७२ हजार ५ सय र सट्टेबाजीको लागि प्रयोग गरेका मोबाइलहरु समेत वरामद गरीएको थापाले जानकारी दिनुभयो । उनीहरुलाई सट्टेबाजी (सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर)मा मुद्धा दर्ता गरिएको थापाले बताउनुभयो । यसै गरि प्रहरीले लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका वडा नं २ का २५ वर्षिय किशोर साह र स्याङजा गल्याङ नगरपालिका वडा नं.१ घर भई हाल खैरहनी नगरपालिका वडा नं.१ बस्ने ४२ वर्षिय राजेश बस्याल रहेका छन् । उनीहरुलाई आइतबार साँझ ६ वजे भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट लागु औषध डाइजेपाम –४३ एम्पुल, फेनारगन –३८ एम्पुल, नुफिन –३९ एम्पुल बरामद गरीएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई लागु औषध कसुरमा म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सट्टेबाजीका ४ र लागु औषधका २ जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.71
152.31

European Euro
1
176.64
177.34

UK Pound Sterling
1
203.59
204.39

Swiss Franc
1
193.83
194.60

Australian Dollar
1
108.64
109.07

Canadian Dollar
1
109.84
110.27

Singapore Dollar
1
118.76
119.23

Japanese Yen
10
9.52
9.56

Chinese Yuan
1
22.42
22.51

Saudi Arabian Riyal
1
40.43
40.59

Qatari Riyal
1
41.66
41.82

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.31
41.47

Malaysian Ringgit
1
38.26
38.41

South Korean Won
100
10.07
10.11

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.64
23.73

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
494.65
496.61

Bahrain Dinar
1
402.39
403.98

Omani Rial
1
394.05
395.61












