April 18, 2024

संक्रमित थप १२, चितवनकै ११ जना

September 9, 2020

चितवन / चितवन थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परिक्षणमा चितवनका ११ सहित थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ल्याब प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका वडा नम्बर ४, ६ र १० का रहेका छन् । जसमध्ये ७ जना महिला र २ जना पुरुष रहेका छन् । संक्रमित महिलाहरुको उमेर ९ वर्षको बालिकादेखि ५४ वर्षसम्मका रहेका छन् भने पुरुषहरु ३५ वर्षदेखि ४८ वर्ष उमेर समूहका रहेका छन् ।
यस्तै चितवनको माडी नगरपालिका वडा नम्बर ६ र ७ का २ जना, १८ महिनाको बालक देखि २७ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु दुबैको होम क्वारेन्टाइनबाट स्वाब लिइएको डा. अधिकारीले बताउनुभयो ।
त्यस्तै सिन्धुपाल्चोकका एक ३९ बर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ भने मंगलवार २५७ वटा नमुना परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ ।

- ADVERTISEMENT -