२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

एकीकृत समाजवादीको १३ बुँदे आचारसंहिता जारी

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले १३ बुँदे आचार संहिता जारी गरेको छ । पार्टीको विधान २०८१ को धारा १३७ ले दिएको अधिकार प्रयोग गरी एकीकृत समाजवादीले आचार संहिता बनाएर जारी गरेको हो ।

कम्युनिस्ट नेता(कार्यकर्ताहरूले व्यवहारमा नैतिकता प्रदर्शन गर्नुपर्ने आचार संहितामा उल्लेख छ । उसले परपुरुष र परस्त्रीबीच हुने सम्बन्धलाई अनैतिक हुने बताएको छ ।

- ADVERTISEMENT -

Advertisement

परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन । महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्छ, आचार संहितामा भनिएको छ ।

त्यस्तै पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने र उनीहरूको खानपान, रहनसहन, बसउठ आदि सरल र सामान्य हनुपर्ने आचार संहितामा उल्लेख छ ।

त्यस्तै अश्लील र अपशब्द बोल्ने, जातीय तथा वर्गीय भेदभाव गर्ने र अनैतिक क्रियाकलापलाई पनि आचार संहितामा समेटिएको छ। कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरू एक आपसमा र जनतासँग शिष्ट, मर्यादित, सम्मानजनक र समानताको व्यवहार गर्ने हुनुपर्छ। बोल्दा अश्लील र अपशब्दको प्रयोग गर्नु हुँदैन।

कुनै वर्ग, जाति, समुदाय, लिंग, क्षेत्र, धर्म र संस्कृतिको मर्यादा तथा गरिमामा आँच पुग्ने गरी अभिव्यक्ति दिन या व्यवहार गर्नु हुँदैन। उनीहरू वर्गीय तथा जातीय भेदभाव नगर्ने र छुवाछतजन्य व्यवहार नगर्ने हुनुपर्छ। उनीहरूको आर्थिक जीवन र व्यवहार पारदर्शी हुनुपर्छ।

उनीहरूले अनैतिक क्रियाकलाप गरी कुनै आर्जन गर्नु हुँदैन। उनीहरूको आर्थिक आचरण भ्रष्ट हुनु हुँदैन। उनीहरू भ्रष्टाचारका विरुद्ध दृढतापूर्वक उभिनुपर्छ, आचार संहितामा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96