२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

वीर अस्पतालमा दुई सिफ्ट शल्यक्रिया सेवा सुरु गरिने

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते

काठमाडौँ / वीर अस्पतालले आगामी सातादेखि दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रवार आयोजित साप्ताहिक ब्रिफिङमा प्रवक्ता डा प्रकाश बुढाथोकीले यस्तो बताएका हुन् । उनले आवश्यक जनशक्ति, प्रयोगशाला तथा उपकरणको व्यवस्था गरी दुई सिफ्टमा सेवा बिस्तार गरिएको बताए । अस्पतालमा उपलब्ध हुने एमआरआई सेवा महिनामा दुई सय जनाले लिनसक्ने गरी थप गरिएको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

उनले देशभरका १७ वटा संघीय अस्पतालमा प्रयोगविहीन अवस्थामा रहेका चार सय ८४ वटा उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएको बताए ।

उनले भने ‘माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको निर्देशनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा आगामी सातादेखि दैनिक दुई सिफ्टमा शल्यक्रिया सेवा प्रदान गर्नेगरी व्यवस्था मिलाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, सेवा गरेको सुविधाका लागि प्रयोगशालामा उपकरण र जनशक्ति थप गरी सेवा बिस्तार गरिएको छ । साथै एमआरआई सेवाको क्षमता पनि महिनामा दुई सय जनाभन्दा बढीले सेवा लिन पाउने गरी व्यवस्था गरिएको छ ।

देशभरका १७ वटा ठूला संघीय अस्पतालमा बिग्रिएका वा प्रयोग विहीन अवस्थामा रहेका उपकरण मर्मतका लागि गत भदौ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबिच समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता बमोजिम हालसम्म ४८४ वटा उपकरणको मर्मत कार्य भइसकेको छ ।’

प्रवक्ता डा बुढाथोकीले नेपाल सरकारको राष्ट्रिय खोपमार्फत प्रदान गरिने खोप सुरक्षित र प्रभावकारी रहेको दाबी गरे । उनले सेवा सुविधाको माग राखेर आन्दोलनरत चिकित्सकहरूको माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच ९ बुँदे सम्झौता भएको पनि बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11