२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

आज स्ववियु निर्वाचन हुँदै, विश्वविद्यालयमा चैत ८ गते हुने

प्रकाशित मिति : २०८१ चैत्र ५ गते

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज (मंगलबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुने भएको छ ।

विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ ।

सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो । यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ ।

यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ । निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिए।

सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ । आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51