अज्ञात समूहद्वारा ठूलो संख्यामा रुख कटान

0
28
फोटो : हल्कारो समाचार ।

चितवन / पुर्वी चितवनको कालिका नगरपालिकामा रहेको उदयपुर सामुदायिक बनमा कोरोना संक्रमणको मौका छोपी अज्ञात समुहद्वारा गएराति ठूलो संख्यामा रुख कटान गरेको पाइएको छ ।
सामुदायिक वनको शक्तिखोर क्षेत्र अन्तरगत गैरीबारीको मन्दिर नजिकैको डुम्रीघोल वरपर सालका १६ वटा र बुरधाइरोको २ वटा रुख कटान भएको पाइएको बन समूहका उपाध्यक्ष सुदर्शन अधिकारीले जानकारी दिनुभयो ।
सो रुख कटानी भएको क्षेत्र नजिकै बन कार्यालय रहेको छ । कालिका सब–डिभिजन बन कार्यालय नजिकै गैरीवारि गाउँ जाने मुल बाटोको छेउमै सो रुख काटिनु संकास्पद रहेको सामुदायिक बनका अध्यक्ष केशव लामाले बताउनु भयो । सो सम्बन्धमा जिल्ला बन कार्यालयमा जानकारी गराएको र सो घटनाको तत्काल छानबिन थालिने उहाँले बताउनु भयो ।