Opens in a new tab
२०८३ आश्विन १४, बुधबार
September 30, 2026
२०८३ आश्विन १४, बुधबार
September 30, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको अक्षर समूहमा लेखराम सापकोटा निर्वाचित

प्रकाशित मिति : २०८२ बैशाख ३ गते

चितवन । अक्षर समूह चितवनको अध्यक्षमा लेखराम सापकोटा चयन भएका छन् । द नारायणी रिसोर्ट गैंडाकोटमा मङ्गलबार आयोजित समूहको सातौँ अधिवेशनबाट सापकोटालाई अध्यक्ष पदमा चयन गरिएको हो ।

गैंडाकोट घर भएका सापकोटा सम्पूर्ण किताब नारायणगढका सञ्चालक हुन् । कायाकैरन मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक रहेका सापकोटा पत्रकारिता, साहित्य सेवा र सिर्जनामा सक्रिय छन् ।

- ADVERTISEMENT -

Advertisement

सातौं अधिवेशनले सापकोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्माण गरेको छ । जसअन्तर्गत सूर्यप्रकाश कँडेल उपाध्यक्ष, विनोदबाबु रिजाल सचिव, गायत्री अधिकारी कोषाध्यक्ष र सामना पहाड सहसचिव छन् । समितिको सदस्यहरूमा उपेन्द्र त्रिपाठी, प्रकाश थापा प्रथा, विद्या भण्डारी चिराग, आकाश पौडेल, अञ्जान प्रदीप र गीता पौडेल ढकाल चयन भएका छन् ।

मङ्गलबार साँझ गैंडाकोटमा बसेको समितिको पहिलो बैठकले भूपिन, रमेश प्रभात, ईश्वर कँडेल र प्रभाकर पण्डितलाई सल्लाहकारमा मनोनयन गरेको छ । २०६२ सालमा भूपिनको नेतृत्वमा स्थापित अक्षर समूहले पर्खालमा कला, समयको मेचमाथि भूपि शेरचन, पाठकको अदालतमा लेखक, विश्व कविता दिवस, अक्षर वृत्त र एक कविका एक दर्जन कवितालगायतका कार्यक्रम गर्दै आइरहेको छ ।

नयाँ कार्यसमितिले पहिलो कार्यक्रमस्वरुप यही वैशाख महिनामा `अक्षर वृत्त´ कार्यक्रम गर्ने निर्णय गरेको अध्यक्ष सापकोटाले बताए । `यो कार्यक्रममा सहभागीले आफूले पढेको पछिल्लो पुस्तकको टिप्पणी राख्ने छन्, कार्यक्रम यसै महिनामा भरतपुरमा हुनेछ´, सापकोटाले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.28
153.88
European Euro
1
173.76
174.44
UK Pound Sterling
1
202.71
203.50
Swiss Franc
1
183.65
184.36
Australian Dollar
1
107.04
107.45
Canadian Dollar
1
107.94
108.37
Singapore Dollar
1
119.82
120.29
Japanese Yen
10
9.72
9.76
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.82
40.98
Qatari Riyal
1
42.05
42.22
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.73
41.90
Malaysian Ringgit
1
37.56
37.71
South Korean Won
100
11.29
11.34
Swedish Kroner
1
15.32
15.38
Danish Kroner
1
23.24
23.34
Hong Kong Dollar
1
19.54
19.61
Kuwaity Dinar
1
498.15
500.10
Bahrain Dinar
1
406.58
408.17
Omani Rial
1
398.12
399.68