२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026
२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026 Saturday

चितवनमा एकै दिन संक्रमित ८७, भरतपुरका मात्रै ७३ जना

प्रकाशित मिति : २०७७ भाद्र २७ गते

चितवन / चितवनमा एकै दिन ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा चितवनका थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको ल्याब प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो ।
डा अधिकारीका अनुसार संक्रमण भएकाहरुमा भरतपुर महानगरपालिकाका मात्र ७३ जना रहेका छ्न । भरतपुरका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका वडा नम्बर १ ,२ ,३, ५,६,७ , ९ ,११, १० , ११ , १२ र १५ का रहेका छन् । ती मध्ये ५९ जना पुरुष र २३ जना महिला छन् ।
त्यसैगरी संक्रमित महिलाहरुको उमेर १५ वर्षदेखि ४२ वर्षसम्म भने पुरुषहरु ३ वर्षका बालकदेखि ९० वर्ष उमेर समुहका रहेका छ्न । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको जनाइएको छ ।
यस्तै चितवनका थप संक्रमितमा रत्ननगर नगरपालिका वडा नम्बर १३ र १५ का २ जना महिला, खैरहनी नगरपालिका वडा नम्बर १ का २ जना महिला र २ जना पुरुष तथा कालिका नगरपालिका वडा नम्बर २,८,७ का ६ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरुको क्वारेन्टिनबाट स्वाब संकलन केन्द्रबाट स्वाब लिइएको डा. अधिकारीले बताउनुभयो । प्रयोगशालामा शुक्रबार ५३३ नमुना परिक्षण गर्दा ८७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61