Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनका सयजना पत्रकारको स्वास्थ्य परीक्षण

प्रकाशित मिति : २०८२ बैशाख १८ गते

चितवन । नेपाल पत्रकार महासंघको ७०औँ स्थापना दिवसको अवसरमा चितवनका पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ । 

नेपाल पत्रकार महासंघ चितवनको आयोजना र जनस्वास्थ्य कार्यालय चितवनको प्राविधिक सहयोगमा बिहीबार १०० जना पत्रकारहरुको नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण गरिएको हो । 

- ADVERTISEMENT -

Advertisement

नसर्ने रोगहरुमा मधुमेह, मृगौला सम्बन्धि, रक्तचाप र उचाइ र तौलको आधारमा जोखिम भारवहन जाँच गरिएको थियो ।

यसअघि चैत १६ गते नै स्थापना दिवस मनाउने तयारी भएकामा पत्रकार सुरेश रजकको हत्या र सञ्चारमाध्यममा भएको आक्रमणका कारण स्थगित भएको थियो । 

चैत १६ गते काठमाडौंको तीनकुनेमा राजावादीले गरेको हिंसात्मक प्रदर्शनीका क्रममा पत्रकार रजकको हत्या र सञ्चारमाध्यमहरुको कार्यालय तोडफोड भएको थियो । 

महासंघको केन्द्रीय कार्यालयले गरेको परिपत्रका आधारमा बिहीबार पत्रकारहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका कार्यबहाक अध्यक्ष दिपेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नारायण अधिकारी प्रमुख अतिथि रहेका थिए । 

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारी लगायतले बोलेको थिए ।

स्थापना दिवसकै अवसरमा वैशाख २० गते प्रेस स्वतन्त्रता लगायतका विषयमा रचनात्मक कार्यक्रम गर्न महासंघले सबै प्रदेश समिति र जिल्ला समितिलाई अनुरोध गरेको छ । वैशाख २० गते विश्व प्रेस स्वतन्त्रता दिवस पनि हो ।

वर्तमान ओली सरकारमा नाउपाका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22