२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

आज रविको बहस निष्कर्षमा पुग्ने तयारी

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते
File photo.

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीले दायर गर्नुभएको रिट निवेदनमाथिको सुनुवाइ आज (शुक्रबार) पनि सर्वोच्च अदालतमा जारी रहने भएको छ । बिहीबार बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको उक्त निवेदनमाथि पुनः सुनुवाइ हुन लागेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि सुरु भएको यो सुनुवाइ लगातार ‘हेर्दाहेर्दै’ मा पर्दै आएको छ । बुधबार संवैधानिक इजलासका कारण पेसी स्थगित भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

मंगलबार सभापति लामिछानेको पक्षबाट १० जना कानुन व्यवसायीले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठको बहस नसकिएपछि बिहीबार पुनः सुनुवाइ भएको थियो । बिहीबार लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए । अब जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीसहित तीन जनाले बहस गर्ने जानकारी इजलासलाई गराइएको छ ।

आज जाहेरवालाको बहस सकिएपछि लामिछानेका कानुन व्यवसायीले जवाफी बहस गर्ने उनका कानुन व्यवसायी डा. नारायण कँडेलले जानकारी दिए । उनका चिया समयअघि नै सम्पूर्ण बहस सकिने र आजै आदेश आउन सक्ने अपेक्षा छ । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने र जोशीकोतर्फबाट गैरकानूनी थुनामा राखिएको भन्दै रिट दायर भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83