Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

४ दिनदेखि बेपत्ता राप्तीका एक वृद्ध खोलाको खोँचमा फेला

प्रकाशित मिति : २०८२ असार ८ गते
File photo.

चितवन / चितवन कोराकका एक चेपाङ वृद्ध घरबाट हराएको तीन दिनपछि खोलाको खोँचमा मृत फेला परेको छ । राप्ती नगरपालिका–१० कोराक चिप्लेटीका ८१ वर्षीय मकल प्रजा चेपाङ असार ४ गते बुधबार साँझ घरबाट निस्के पनि नफर्केपछि आफन्तले खोजतलास गरेका थिए ।

उनको शव शनिबार दिउँसो घरदेखि उत्तरतर्फ ५ सय मिटर पर ताकुन्चे खहरे खोलाको खोँचमा भेटिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

मकलका भतिज कृष्णबहादुर चेपाङले शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पूर्व पश्चिम राजमार्गको वीरेन्द्रनगर बजारदेखि लगभग १० किलोमिटर उत्तर पहाडी खोँचमा पर्छ । सो क्षेत्र आदिवासी चेपाङ बहुल ठाउँ हो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा ल्याइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -