Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

झाक्री प्रकरण र पतञ्जलि विवादबीच नेकपा एस बैठक बस्दै आज

प्रकाशित मिति : २०८२ असार १९ गते

काठमाडौं / चर्को आन्तरिक विवाद र बाह्य दबाबका बीच नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकले पार्टीभित्रको अनुशासन र अध्यक्ष माधवकुमार नेपालमाथि लागेको आरोपबारे छलफल गर्नेछ । बैठकको मुख्य एजेन्डा स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले अध्यक्ष नेपालविरुद्ध दिएको विवादास्पद अभिव्यक्ति बनेको छ ।

- ADVERTISEMENT -

Advertisement

केही दिनअघि बुटवलमा आयोजित एक कार्यक्रममा झाक्रीले नेतृत्वप्रति कटाक्ष गर्दै ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भनेकी थिइन् । उनको यो अभिव्यक्तिले पार्टीभित्र ठूलो तरंग पैदा गरेको छ ।

पार्टीभित्रैबाट आलोचना भएपछि महासचिव घनश्याम भूसालले जथाभावी अभिव्यक्ति नदिन नेताहरूलाई सचेत गराएका थिए । यसै प्रकरणमा पार्टीको अनुशासन आयोगले झाक्रीलाई तीनदिने स्पष्टीकरण सोधेको थियो, जसको म्याद आज (बिहीबार) सकिँदैछ ।

पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाका अनुसार अनुशासन आयोगले सोधेको स्पष्टीकरण र त्यसपछिको प्रक्रियाबारे बैठकमा छलफल हुन सक्छ । उनले भने, ‘अनुशासन आयोगले उहाँलाई स्पष्टीकरण सोधेको हो । आयोगले यसबारे केही सिफारिस गर्न सक्छ, यद्यपि निर्णय सचिवालयले नै गर्ने भन्ने हुँदैन ।’

एकातिर आन्तरिक कलहको व्यवस्थापन गर्नुपर्ने चुनौती छ भने अर्कोतिर पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालमाथि लागेको आरोपले पार्टीलाई बाहिरबाट पनि दबाबमा पारेको छ । उक्त प्रकरण अदालतमा विचाराधीन रहेकाले यसबारे पार्टीले अपनाउनुपर्ने रणनीति र आगामी कदमबारे बैठकमा गम्भीर छलफल हुने उपाध्यक्ष खतिवडाले जानकारी दिए ।

उनले भने, ‘समसामयिक राजनीतिक अवस्था, पतञ्जलि प्रकरण र अदालतको मुद्दापछिको परिस्थितिबारे छलफल हुनेछ । यसअघि स्थगित भएका पार्टी संगठनसम्बन्धी कार्यसूचीमाथि पनि छलफल अगाडि बढ्छ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05