Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल भारतमैत्री संगठनको सदस्यमा श्याम पौडेल मनोनित 

प्रकाशित मिति : २०८२ असार २७ गते

चितवन । धार्मिक एवं सामाजिक क्षेत्रमा सक्रिय चितवनका युवा श्याम पौडेल नेपाल भारत मैत्री संगठनको अन्तर्राष्ट्रिय समिति सदस्यमा मनोनित हुनुभएको छ । समितिका अध्यक्ष अनुप कुमार सिंह र महासचिव साम थापाले पौडेललाई मनोनित गर्नुभएको हो ।

विगत  लामो समयदेखि यस क्षेत्रको धार्मिक आन्दोलन र वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापनको आन्दोलनमा लाग्नुभएका पौडेल दर्जन बढी संस्थाको नेतृत्व गर्दै आउनुभएको छ। स्थानीय व्यापार समितिका अध्यक्ष समेत रहनुभएका उहाँ विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका केन्द्रीय सदस्य , जय सनातन अभियान नेपालका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ । 

- ADVERTISEMENT -

Advertisement

यस्तै पौडेलले  जय सनातन अभियान, सनातन हिन्दु राष्ट्र नेपाल अभियानको केन्द्रिय सदस्य, सन्तसभा नेपालको सदस्यको जिम्मेवारीको रुपमा काम गर्दै आउनु भएको छ ।  यस क्षेत्रको सनातनीय आन्दोलनको नेतृत्व गरिरहनु भएका उहाँ विगत एक दशकभन्दा लामो समयदेखि नै वैदिक सनातन हिन्दु राष्ट्र नेपालको वकालत गर्दै आउनुभएको छ । 

मनोनित भएपछि प्रतिक्रिया दिंँदै सदस्य पौडेलले आफ्नो वैदिक सनातन धर्मको योगदान र सेवाको मुल्यांकन गर्दै मनोनित गरेकोमा खुशी व्यक्त गर्नुभयो । समितिले आफूलाई विश्वास गरेको भन्दै उहांँले  थप दायित्व र जिम्मेवारी थपिएको उहांँले बताउनु भयो । आगामी दिनमा उहांँले वैदिक सनातन धर्मको संरक्षण , जगेर्ना र प्रचारप्रसार लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

के हो त नेपाल भारत मैत्री संगठन ?

सदियौंदेखि नेपाल र भारत देशबीचको मित्र सम्बन्ध छ भने जनस्तरमा पनि मित्रताको सम्बन्ध कायम रहँदै आएको छ। भारत र नेपालबीच समान रहेका धार्मिक सांस्कृतिक पक्षहरुलाई प्रगाढ बनाउँदै नेपाल भारतबीचको सांस्कृतिक धार्मिक र ऐतिहासिक सम्बन्धलाई सुर्दृढ  गर्दै जनस्तरमै मित्रता र आपसी सहयोगको आदानप्रदान गर्ने उद्देश्यका साथ भारतीय जनता र नेपाली जनताको मैत्री सम्बन्धको औपचारिकताका रूपमा यस संगठन रहेको छ।

वैदिक सनातन हिन्दू धर्म र पूर्वीय दर्शनमा आधारित नेपाल र भारतको समाजमा साँच्चिकै मनदेखि एकता भएको पाइन्छ परापूर्व कालदेखि बेटी र रोटीको सम्बन्ध रहेका यी देशबीच नागरिक स्तरको सम्बन्धलाई अझै प्रकार बनाउन यो समिति सक्रिय रहेको छ।

नेपाल र भारतबीच जनस्तरबाटै धार्मिक पर्यटनको विकास व्यापार र वाणिज्यको क्षेत्रमा सहकार्य एवं विशेषत नेपालका धार्मिक एवं ऐतिहासिक ठाउँहरूको विकास र प्रवर्धनमा दुवै देशका नागरिकहरूको सहकार्यको थालनी साथै दुई देश बीच नागरिक स्तरको सम्बन्ध सुद्रित गर्न प्रयत्न रहेको परिपेक्षमा यसले थप सहयोग पुर्याउनेछ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22