चितवन । नेपाल मानव अधिकार संगठन चितवनको पुर्नगठन गरिएको छ । भरतपुरमा सोमबार सम्पन्न बैठकको निर्णयले हरिप्रसाद अधिकारीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
जसको उपसभापतिमा दिपक लामिछाने, सचिवमा दिपक श्रेष्ठ, उपसचिवमा बबिलाल तामाङ, कोषाध्यक्षमा चित्रबहादुर रानामगर चयन भएका छन् ।
- ADVERTISEMENT -

यस्तैगरी, सदस्यहरूमा घनश्याम पौडेल, जनकराम सापकोटा, नारायणप्रसाद रेग्मी, रविन्द्र बराल, संगम जोशी, विना तामाङ छानिएका छन् ।
नेपाल मानव अधिकार संगठनका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य बालकृष्ण पौडेलको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो ।
- ADVERTISEMENT -


















































