Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पर्वतमा पहिरोले घर पुरियो, एक वृद्ध दम्पती बेपत्ता

प्रकाशित मिति : २०८२ श्रावण ४ गते
File photo

काठमाडौं / शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दीमा पहिरोले घर पुरिँदा एक वृद्ध दम्पती बेपत्ता भएका छन् । सोही घरमा रहेकी बुहारीले भने भागेर ज्यान जोगाउन सफल भएकी छन् ।

आइतबार बिहानै घरमाथिबाट खसेको पहिरोले स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती विश्वकर्मा पुरिएर बेपत्ता भएको वडाध्यक्ष देवेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । घरमा सँगै सुतिरहेकी उनीहरूकी ३२ वर्षीया बुहारी पवित्रा विश्वकर्माले भने पहिरो खस्न लागेको थाहा पाउनासाथ हाम फालेर आफ्नो ज्यान बचाएकी हुन् ।

- ADVERTISEMENT -

Advertisement

घटनाको जानकारी पाएलगत्तै डिमुवा प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरे पनि लगातारको वर्षा र ठाउँठाउँमा खसेको पहिरोले बाटो अवरुद्ध हुँदा उद्धारमा कठिनाइ भएको छ । हाल स्थानीयवासीहरू नै बेपत्ता दम्पतीको खोजीमा जुटेका छन् ।

वडाध्यक्ष क्षेत्रीका अनुसार गत वर्ष पनि सोही ठाउँमा पहिरो गएको थियो । अविरल वर्षाले यस क्षेत्रका खोला तथा नदीहरूमा पानीको बहाव खतराको तहभन्दा माथि पुगेकोले स्थानीय प्रशासनले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98