Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

वागमती प्रदेशका मुख्यमन्त्री लामाद्वारा राजीनामा, कार्यकालका प्रगति विवरण प्रश्तुत

प्रकाशित मिति : २०८२ श्रावण १८ गते

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिएका छन् ।

आईतवार पत्रकार सम्मेलन गर्दै उनले पदबाट राजीनामा दिएका हुन् । लामा २०८१ साउन ९ गते वागमती प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

- ADVERTISEMENT -

Advertisement

पार्टी संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएसँगै पदबाट राजीनामा दिनुपर्ने दबाब बढेको थियो । आईतावर साँझ प्रदेश प्रमुख दीपक देवकोटालाई राजीनामा पत्र बुझाएका थिए ।

राजीनामा पत्र बुझाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राजनीतिक षड्यन्त्रबाट सरकार ढालिएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा भएका प्रगति विवरण समेत प्रश्तुत गर्नुभएको थियो । आफ्नो नेतृत्वको सरकारले विपद् व्यवस्थापन, भौतिक पूर्वाधार विकास, पुँजीगत खर्च, राजश्व संकलनको क्षेत्रमा उल्लेख सुधार गरेको उनले दाबी गरेका छन् ।

प्राकृतिक विपतको समयमा क्षतिग्रस्त भौतिक पूर्वाधारको मर्मत सम्भारको लागि दु्रत प्रतिकार्य टोली गठन गरिएको उनले बताए । आफ्नो कार्यकालमा २१ वटा रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको उनले दाबी गरे ।

मुख्यमन्त्री लामाले आफ्नो नेतृत्वको सरकारले राजश्व संकलनमा पनि वृद्धि गरेको दाबी गरेका छन् ।

यसैगरी आफ्नो एक वर्षे कार्यकालमा सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन डिजिटलाईजेसन गर्ने प्रक्रियालाई सुरु गरिएको समेत उनले बताए ।

सुशासन प्रवद्र्धनका निम्ति भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने कार्यक्रमहरुलाई प्राथमिकता दिएको उनको भनाई छ ।

मुख्यमन्त्री लामाले प्रदेशमा मात्र नभई स्थानीय तहसम्म पनि शासकीय सवलीकरण गर्ने दिशामा प्रदेश सरकार अगाडि बढेको दाबी गरे । लामाले राजीनामा दिएसँगै बागमतीको मुख्यमन्त्री दलको नेताको रूपमा इन्द्र बानियाँ हुनेछन् ।

सत्तासाझेदार दल नेकपा एमालेसँग एकवर्षअघि भएको सरकारको नेतृत्व गर्ने समयावधिको सहमतिअनुसार अब हुने भनिएका मुख्यमन्त्री बानियाँले ८ महिना सरकार सञ्चालन गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98