Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनसहित देशैभर ३१औं विश्व आदिवासी दिवस मनाइँदै

तीन दशकदेखि प्रतीकात्मक आन्दोलन
प्रकाशित मिति : २०८२ श्रावण २२ गते

– बबिलाल तामाङ

चितवन । विश्वभरका आदिवासी जनजाति समुदायको अधिकारको रक्षा, उनीहरुको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा विकाससँगै शिक्षा, स्वास्थ्य र राजनीतिक सहभागिता सुनिश्चित गराउने लक्ष्य राखेर संयुक्त राष्ट्र संघ (युएन)ले सन् १९९४ मा अगष्ट ९ तारिखलाई विश्व आदिवासी जनजाति दिवस घोषणा ग¥यो । त्यसयता नेपालमा पनि सोही मितिलाई आदिवासी दिवसको रूपमा मनाउँदै आएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसवर्ष नेपालमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले ३१औँ विश्व आदिवासी दिवस मनाउँदै छ । दिवस मनाउन थालेको तीन दशक पूरा भए पनि जनजातिहरूले केवल उत्सव मात्र नभई आफ्ना अधिकार र पहिचानको संघर्षको प्रतीकसमेत बनाउँदै आइरहेका छन् ।

यस वर्ष मनाउँदै गरेको दिवसलाई नेफिनले ‘प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर’ जस्ता बलिया नारासहित मनाउने तयारी गरेको छ । महासंघले यसलाई संयुक्त राष्ट्रसंघको घोषणापत्र (युएनड्रिप) र आईएलओ–१६९ को कार्यान्वयनका लागि दबाब दिने अवसरका रूपमा समेत उपयोग गर्न लागेको छ ।

चितवन जिल्लामा पनि विशेष कार्यक्रम आयोजना गरेर सङ्घीय समितिको मर्मअनुसार साङ्केतिकरुपमा आन्दोलनको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । नेफिन चितवनका अध्यक्ष महेन्द्र दुराका अनुसार साउन २४ गते नारायणी कला मन्दिरमा हुने कार्यक्रममा आदिवासी जनजातिहरूको मौलिक ज्ञान, सीप, भाषा, संस्कृति र थाकथलोको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम तय गरिएका छन् । ‘सङ्घीयता लागू भए पनि जनजातिहरूका मौलिक मागहरू अझै अधुरै छन् । जबसम्म ती पूरा हुँदैनन्, आदिवासी जनजातिहरुको आन्दोलन जारी रहने छ,’ अध्यक्ष दुरा भन्छन् ।

विश्व आदिवासी दिवस केवल उत्सवमात्र नभएर राज्यसँग अधिकार सुनिश्चित गर्न संघर्षको घोषणा बनिसकेको उनले बताए । यो दिवस राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बहस, पैरवी र ऐक्यबद्धताको शक्तिशाली माध्यम बन्दै गएको महासंघले जनाएको छ ।

राज्यबाट विभिन्न बहानामा आदिवासी जनजाति समुदायको भूमि खोसिने, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा पहुँच नपाउने, राजनीतिकरुपमा उपेक्षामा पारिनेजस्ता अझै जारी रहेको हुँदा त्यसका विरुद्धमा पनि आदिवासी जनजाति समुदायले दिवस मनाउँदै आएको चितवन जिल्ला अध्यक्ष दुराले बताए । ‘यो हाम्रो दिवसमात्रै होइन । पहिचान, अधिकार र सम्मानका लागि एकताको आवाज पनि हो,’ उनले भने ।

कार्यक्रममा आदिवासी जनजातिका झाँकी, सांस्कृतिक नृत्य र जातीय पहिचान झल्किने प्रस्तुति समावेश हुने जनाइएको छ । २०५५ सालमा स्थापना भएको नेफिन चितवनमा हाल १६ जातीय समुदाय संस्थागतरुपमा आवद्ध छन्, भने राष्ट्रव्यापीरूपमा ५६ समुदाय महासंघमा सक्रिय छन् । नेपालमा कूल ५९ आदिवासी जनजाति समुदाय सूचिकृत छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22