Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कारागारभित्रै ‘ग्याङवार’ : एक कैदीको मृत्यु, ४७ जना घाइते

प्रकाशित मिति : २०८२ श्रावण २४ गते

काठमाडौं / कैलाली जिल्ला कारागारमा कैदीबन्दीहरूबीच पुनः हिंसात्मक झडप भएको छ । शुक्रबार राति भएको कुटपिटमा एक जना कैदीको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार सिंहका अनुसार घटनामा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको हो ।

लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका चौधरीको झडपमा गम्भीर घाइते भएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव हाल अस्पतालको शवगृहमा राखिएको छ ।

- ADVERTISEMENT -

Advertisement

शुक्रबार राति करिब ११ बजे कारागारको ‘ए’ र ‘बी’ ब्लकमा रहेका कैदीबन्दीहरूबीच झडप सुरु भएको थियो । घाइते भएका ४७ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डिएसपी सिंहले जानकारी दिए ।

बिहीबार पनि भएको थियो झडप
कैलाली कारागारमा कैदीबन्दीबीच भएको यो हिंसात्मक घटना पहिलो होइन । यसको अघिल्लो दिन, बिहीबार मात्रै भएको झडपमा पाँच जना घाइते भएका थिए । उक्त झडप भूपेन्द्र बडुवाल हत्या प्रकरणमा संलग्न तीन कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने क्रममा भएको विवादका कारण भएको बताइएको छ ।

पछिल्लो समय कारागारभित्र दुई समूहबीच द्वन्द्व चर्किएको र त्यसले बारम्बार झडपको रूप लिइरहेको स्रोतले जनाएको छ । केही समयअघि मात्रै, असार २८ गते, कारागारका नाइके खगेन्द्र बोगटीमाथि कुटपिट भएको थियो, जसपश्चात् कैदीबन्दीहरूले जेलरविरुद्ध नाराबाजी समेत गरेका थिए । त्यसको दुई दिनअघि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गरिएको निरीक्षणमा कैदीहरूको साथबाट मोबाइल फोन बरामद भएपछि सात जनालाई अर्को ब्लकमा सारिएको थियो, जसले तनाव बढाएको आशंका गरिएको छ ।

कारागारभित्र बारम्बार भइरहेका यस्ता ग्याङ फाइटका घटनाले कैदीबन्दीको सुरक्षा र कारागारको व्यवस्थापनमा गम्भीर कमजोरी रहेको देखाएको छ । स्थानीय प्रशासनले घटनाको छानबिन भइरहेको जनाए पनि निरन्तरको असुरक्षाले कारागार शान्तिगृहभन्दा द्वन्द्वको केन्द्र बन्न लागेको चिन्ता बढाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98