Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

करार कर्मचारीलाई पनि महँगी भत्ता दिन सर्वोच्चको परमादेश

प्रकाशित मिति : २०८२ भाद्र ३ गते

काठमाडौं / सर्वोच्च अदालतले करारमा रहेका सरकारी कर्मचारीहरूलाई पनि स्थायी कर्मचारी सरह महँगी भत्ता दिनुपर्ने आदेश जारी गरेको छ ।

न्यायाधीश द्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार करारका कर्मचारीहरूलाई महँगी भत्ता उपलब्ध गराउन परमादेश दिएको हो । अदालतका सूचना अधिकारी निराजन पाण्डेले यसबारे जानकारी दिएका छन् ।

- ADVERTISEMENT -

Advertisement

एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष श्यामप्रसाद सापकोटाको तर्फबाट दायर रिटमा अदालतले यस्तो आदेश दिएको हो । रिट गत असार १६ गते दायर गरिएको थियो ।

रिट निवेदकहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद सचिवालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाएका थिए ।

सरकारले २०८२÷८३ को बजेटमार्फत तलब नबढाई महँगी भत्ता पाँच हजार पु¥याएको थियो । तर करार सेवामा कार्यरत कर्मचारीलाई यो सुविधा दिइएको थिएन ।

रिटमा स्थायी र करार कर्मचारीबीच विभेद हुनेगरी गरिएका निर्णय र पत्राचारहरू बदर गर्न माग गरिएको थियो ।

साथै सेवामा कार्यरत रहँदासम्म महँगी भत्ता, बिरामी बिदा, घर बिदा, संचयकोष, सामाजिक सुरक्षा उपदान, बीमा र निजामती अस्पतालमा उपचारलगायतका सुविधा स्थायी कर्मचारी सरह उपलब्ध गराउन परमादेश माग गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98