२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

सहकारीलाई कारबाही प्रक्रिया सुरु : रत्ननगर नगरपालिका

प्रकाशित मिति : २०७७ भाद्र ३० गते

चितवन । निर्मल बहुउद्देश्यीय सहकारीको गोदामबाट जफत गरेको मल किसानलाई विक्री गरेर सहकारीलाई कारबाही प्रक्रिया अगाडि बढाएको रत्ननगर नगरपालिकाले जनाएको छ । मलमा कालोबजारी गरेको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर १ मा रहेको सो सहकारी संस्थाबाट जफत गरी सहकारीमा आबद्ध ४ जनालाई कारबाही गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले जफत गरेको मल विक्री गरी सहकारीलाई कारबाही गर्र्न रत्ननगर नगरपालिकालाई लिखित पत्र पठाएको थियो । जिल्ला प्रशासन कार्यालयको आग्रहका आधारमा युरिया मल किसानलाई साल्ट ट्रेनिङले बिक्रि गरेको मुल्यमा बिक्री गर्ने रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीले बताइन । सरकारले सहकारी मार्फत अनुदानमा विक्री गर्ने युरिया मल सो सहकारीले बढी मुल्य लिएर विक्री गरेको उजुरी परेपछि सहकारीको विक्री डिपोमा रहेको ५१ बोरा मल जिल्ला प्रशासन कार्यालयले जफल गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयको पत्र अनुसार रत्ननगर नगरपालिकाले नगर भित्रका किसानहरुलाई दामासायीमा मल विक्री गरेको हो । प्रत्येक वडाका १५ जना किसानहरुलाई जनही १० किलोका दरले प्रतिकिलो १५ रुपैया ३० पैसा मुल्यमा विक्री गरिएको नगर स्तरीय मल विक्री तथा व्यवस्थापन समितिकी संयोजक सरस्वती लामाले जानकारी दिइन । वडा कार्यालयबाट सिफारिस भई आएका किसानहरुलाई मात्र मल वितरण गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनले सो नगरपालिकालाई जफत गरिएको मल किसानलाई विक्री गरेर सो वापत आएको पैसा जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा गरिदिन आग्रह गरेको थियो । उपमेयर विमला दुवाडी सहित आर्थिक विकास समितिको बैठकले मल विक्रीको लागि कार्यपालिका सदस्य सरस्वती लामा संयोजक रहेको मल विक्री तथा व्यवस्थापन समिति गठन तथा कलोबजारी गरेको भनिएको निर्मल बहुउद्देश्यीय सहकारी संस्थालाई कारबाही प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो ।
सहकारीलाई कारबाहीको सम्बन्धमा सहकारीका सञ्चालकहरुसंग थप सोधपुछ गर्ने र नेपाल सरकारको कानुनले तोके बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने बैठकले निर्णय गरेको आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराईले जानकारी दिए ।
–खबर तरंगबाट ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11