चितवन / नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनको अध्यक्षमा विक्रम सापकोटा चयन भएका छन् ।
सोमबार सम्पन्न मञ्चको १४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट सापकोटा अध्यक्षमा सर्वसम्मत भएका हुन् ।
- ADVERTISEMENT -

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र केसी, प्रथम उपाध्यक्षमा बुद्धिसागर सापकोटा, अनिता शाक्य, महासचिवमा हरी भट्ट, कोषाध्यक्षमा रामचन्द्र अधिकारी, सचिवमा दिपक ढकाल र सह–कोषाध्यक्षमा सन्तोष देवकोटा चयन भएका छन् ।
यस्तै सदस्यहरुमा रमेशचन्द्र सदाशंकर, अनिता न्यौपाने, नवराज सुवेदी, अर्जुन लामिछाने, राजन श्रेष्ठ, जितबहादुर विक, शान्ता माया विश्वकर्मा, गंगा पराजुली छानिएका हुन् ।
मञ्चका सल्लाहकार एवं निर्वाचित समितिका सदस्य इमान्दु बरालले नयाँ कार्यसमितिलाई सपथ गराएका थिए भने तीन जना सदस्य पछि मनोनित गरिने बताइएको छ ।
यसअघिको कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल घरबहाल सरोकार महासंघका केन्द्रीय अध्यक्ष नवराज न्यौपाने, भरतपुर–७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका पुर्व अध्यक्ष प्रभात ढुंगाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनका निवर्तमान अध्यक्ष जनकलाल कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान महासचिव सुरेन्द्र केसीले प्रगति प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष नेत्र प्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरे ।

















































