Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सूचीकरण नगरेका फेसबुकलगायत सामाजिक सञ्जाल बन्द हुने (प्रमुख नामहरुसहित)

प्रकाशित मिति : २०८२ भाद्र १९ गते

काठमाडौं / नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशमा दर्ता ९सूचीकरण० नगराई सञ्चालनमा रहेका सामाजिक सञ्जालहरुलाई आजै (बिहीबार) बाट बन्द गर्ने निर्णय गरेको छ ।

बिहीबार मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले नेपालमा अनुमति नलिई सञ्चालन भइरहेका फेसबुकसहितका सामाजिक सञ्जालहरूलाई तत्काल बन्द गर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

यसअघि भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालनमा रहेका सम्पूर्ण सामाजिक सञ्जालहरूलाई एक साताभित्र अनिवार्य रूपमा सूचीकरण गर्न निर्देशन दिएको थियो । तर निर्देशनको पालना नगरेपछि सरकार उक्त निर्णय कार्यान्वयनमा उत्रिएको हो ।

‘नेपालमा सञ्चालित सामाजिक सञ्जालहरू नियमनमा ल्याउन सरकारले पटकपटक आग्रह गर्दै आएको थियो’, बैठकमा सहभागी एक अधिकारीले भने, ‘तर पटकपटकको आग्रह बेवास्ता गरेपछि बाध्य भएर कडाइ गर्नुपरेको हो ।’

बन्द हुन लागेका चर्चित सामाजिक संजाल मध्ये प्रमुख नामहरू यस्ता छन्ः

फेसबुक, एक्स, ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, लिङ्कडइन, इमो, स्न्यापच्याट, विच्याट लगायत छन् ।

अब यी प्लेटफर्महरू नेपालमा सेवा सञ्चालन गर्न चाहन्छन् भने सरकारले तोकेको प्रक्रिया पूरा गरी दर्ता गर्नुपर्नेछ । नत्र, इन्टरनेट सेवा प्रदायकहरूमार्फत ती सेवाहरू अवरुद्ध गरिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22