Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशका १९ ठाउँका प्रमुख राजमार्गहरु अवरुद्ध

प्रकाशित मिति : २०८२ आश्विन २० गते
file photo.

काठमाडौं / अविरल वर्षा र त्यसबाट सिर्जित बाढी–पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः४० बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी र बागमती प्रदेशका विभिन्न सडकखण्डहरू पूर्ण रूपमा ठप्प छन् ।

कोशी प्रदेशमा विशेष गरी पहाडी जिल्लाहरूमा सडक अवरोधले विकराल रूप लिएको छ ।

- ADVERTISEMENT -

Advertisement

संखुवासभाः भोटखोला गाउँपालिका–४ को बरुणखोला, मकालु गाउँपालिका–३ को एकुवा र मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को बीचमा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

ओखलढुंगा र उदयपुरस् सिद्धिचरण लोकमार्ग ओखलढुंगाको भँडारे खोला र उदयपुरको कटारी नगरपालिका क्षेत्रमा अवरुद्ध छ ।

धनकुटाः पाख्रीबास, दिकुरे, साँगुरीगढीको चनौटे र ससिमसुवा क्षेत्रमा मध्यपहाडी लोकमार्ग र कोशी राजमार्ग पनि बन्द भएका छन् ।

इलामः इलाम नगरपालिकामा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशमा पनि वर्षा र पहिरोले सडक सञ्जालमा ठूलो क्षति पुर्‍याएको छ ।

रसुवाः गोसाइँकुण्ड गाउँपालिका(२ र ५ को स्याफ्रुबेँसीसम्मको पासाङ ल्हामु सडकमा विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द छ ।

सिन्धुपाल्चोकः भोटेकोशी गाउँपालिका(४, चारकिलो क्षेत्रमा सडक अवरुद्ध छ ।

काभ्रेपलान्चोकः डालाबेसी र बुल्ढुंगा क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएको छ ।

मकवानपुरः भीमफेदी र बकैया क्षेत्रमा सडक अवरुद्ध छ भने इन्द्रसरोवर गाउँपालिका(३ को सिस्नेरी बजार क्षेत्रमा दक्षिणकाली(काठमाडौं खण्ड पनि बन्द भएको छ ।

सिन्धुलीः मरिण गाउँपालिका(२ को सिन्दुरे क्षेत्रमा अवरुद्ध मदन भण्डारी राजमार्ग आंशिक रूपमा सुचारु भए पनि फिक्कल गाउँपालिका र नेपालथोक क्षेत्रको बीपी राजमार्ग भने पूर्ण रूपमा बप्प रहेको छ ।

नेपाल प्रहरीले राजमार्ग क्षेत्रहरूमा अझै पनि पहिरोको जोखिम कायम रहेको भन्दै अनावश्यक यात्रा नगर्न र सचेत रहन सबैलाई आग्रह गरेको छ । यातायात व्यवसायी र यात्रुहरूलाई वैकल्पिक मार्गको खोजी गर्न र राजमार्गको अवस्थाबारे अद्यावधिक जानकारी लिन सुझाव दिइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22