Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हमासद्वारा जीवित छाड्ने २० बन्दीको सूची सार्वजनिक, अटाएन विपिन

प्रकाशित मिति : २०८२ आश्विन २४ गते

काठमाडौं / इजरायल र हमासबीच युद्धविराम सहमति भएसँगै हमासद्वारा मुक्त गरिने भनिएका २० जना युद्धबन्दीको सूची सार्वजनिक भए पनि नेपाली विद्यार्थी विपिन जोशीको नाम समावेश नहुँदा उनको अवस्थाबारे अन्योल थपिएको छ ।

अमेरिकी पहलमा भएको युद्धविरामपश्चात् हमासको कब्जामा रहेका ५० जनालाई रिहा गर्ने सहमति भएको थियो, जसमध्ये पहिलो चरणमा २० जनालाई सोमबारभित्रै छाड्ने बताइएको छ । तर, यस सूचीमा सबै इजरायली नागरिक रहेका र विपिन जोशीको नाम नरहेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पुष्टि गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

गत अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा कञ्चनपुरका विपिन जोशीलाई बन्धक बनाइएको थियो । सोही आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । त्यसयता विपिनको अवस्था अज्ञात नै छ । सन् २०२३ नोभेम्बर १७ मा उनी गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएको खबर आए पनि त्यसपछि उनको कुनै ठोस जानकारी सार्वजनिक भएको छैन । हालै सार्वजनिक भएको ३३ सेकेन्डको भिडियो पनि पुरानो भएको राजदूत पण्डितले बताएका छन् ।

राजदूत पण्डितले विपिनको अवस्था पत्ता लगाउन इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म विपिनको जीवनको बारेमा केही जानकारी छैन । उनको जेजस्तो अवस्था छ, त्यो चाँडै जानकारी हुनेछ भन्ने आशामा छौं ।’

परराष्ट्र मन्त्रालयका कर्मचारीहरू पनि विपिनको खोजीमा लागेको बताएका छन्, तर कुनै सफलता मिलेको छैन । मन्त्रालय स्रोतका अनुसार, इजरायल सरकारको तर्फबाट विपिनको ‘जुनसुकै अवस्था’ को सूचना आउन सक्ने भन्दै परिवारलाई मानसिक रूपमा तयार रहन खबर आएको छ, जसले परिवारमा थप चिन्ता बढाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05