चितवन / भरतपुर महानगरपालिका वडा नं. ३, लायन्सचोक ओरालो स्थित एक दोहोरी साँझमा आगलागी भएको छ ।
दोहोरी साँझको हलकोठामा आज (सोमबार) बिहान सवा ४ १५ बजे विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
- ADVERTISEMENT -

प्रहरीका अनुसार ३ वटा दमकलको सहायताले आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको हो ।
आगलागीबाट करिब २५ देखि ३० लाख बाराबरको धनमाल क्षति बताइएको छ ।























