Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

६ कम्युनिस्ट घटकद्वारा निर्वाचन बहिष्कार

प्रकाशित मिति : २०८२ पुष १९ गते

काठमाडौं / आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा ६ वटा कम्युनिस्ट पार्टीले भाग नलिने भएका छन् । साना कम्युनिस्ट घटकहरूको शनिबार कुपण्डोलमा बसेको संयुक्त बैठकले आसन्न निर्वाचनलाई ‘जनविरोधी’ संज्ञा दिँदै सामूहिक बहिष्कार गर्ने निर्णय गरेको हो ।

निर्वाचन बहिष्कारको घोषणा गर्ने दलहरूमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा ९बहुमत०, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र समाजवादी कम्युनिस्ट पार्टी नेपाल रहेका छन् । यी ६ वटै दलले सुशीला कार्कीको नेतृत्वमा रहेको वर्तमान अन्तरिम सरकारले गराउन लागेको चुनावले जनताको हित नगर्ने निष्कर्ष निकालेका छन् ।

- ADVERTISEMENT -

Advertisement

संयुक्त बैठकले वर्तमान अन्तरिम सरकारलाई ‘कठपुतली’ को संज्ञा दिँदै यसको तत्काल विघटनको माग समेत गरेको छ। बैठकपछि ६ दलद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान जनविरोधी, अलोकतान्त्रिक र कठपुतली सुशीला सरकारलाई बर्खास्त गरी स्वाधीन संयुक्त जनसरकार र जनसंविधान निर्माणको बाटोमा अघि बढ्न हामी प्रतिबद्ध छौं ।’

विज्ञप्तिमा वर्तमान सत्ता संयन्त्रले जनताको वास्तविक प्रतिनिधित्व गर्न नसक्ने जिकिर गर्दै ‘स्वाधीन संयुक्त जनसरकार’ स्थापनार्थ संयुक्त सङ्घर्षका कार्यक्रम अगाडि बढाउने उद्घोष समेत गरिएको छ । चुनाव बहिष्कारको यो निर्णयसँगै ६ दलीय मोर्चाले आगामी दिनमा सरकारविरुद्ध सडक संघर्ष चर्काउने संकेत गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22