Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आजदेखि ‘निर्वाचन प्रहरी’ भर्ना सुरु

प्रकाशित मिति : २०८२ पुष २५ गते
File photo.

काठमाडौं / आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले आज (शुक्रबार) देखि ‘निर्वाचन प्रहरी’ (साविकको म्यादी प्रहरी) को भर्ना प्रक्रिया सुरु गरेको छ । निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयको स्वीकृतिसँगै नेपाल प्रहरीले आजैदेखि लागू हुने गरी भर्ना आवेदन खुला गरेको हो ।

नेपाल प्रहरीले आफ्नो जिम्मेवारीमा परेको १ लाख ३३ हजार ९ सय ८० जनशक्तिका लागि आवेदन माग गरेको छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी माघ १ गतेसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । उता, सशस्त्र प्रहरी बलले पनि आफ्नो भागमा परेको कोटाअनुसार केही दिनभित्रै भर्ना प्रक्रिया अघि बढाउने तयारी थालेको छ । गृह मन्त्रालयले समग्रमा १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने कार्यादेश सुरक्षा निकायलाई दिएको छ ।

- ADVERTISEMENT -

Advertisement

विगतका निर्वाचनहरूमा ‘म्यादी प्रहरी’ का नामले चिनिने अस्थायी सुरक्षाकर्मीलाई यसपटकदेखि ‘निर्वाचन प्रहरी’ नामाकरण गरिएको छ । सरकारले निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी मैदानमा उतार्ने रणनीति बनाएको छ । जसमा ४० दिनको कार्यअवधि तोकेर करिब डेढ लाख निर्वाचन प्रहरी खटाइनेछ ।

को-को पर्छन् प्राथमिकतामा ?
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले निर्वाचन प्रहरीका लागि आवेदन दिन पाउनेछन् । हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारी ९सीडीओ० को संयोजकत्वमा रहने सुरक्षा समितिले छनोट प्रक्रिया सम्पन्न गर्नेछ ।

छनोटका क्रममा पूर्वसुरक्षाकर्मी, विगतमा म्यादी प्रहरीका रूपमा अनुभव संगालेका व्यक्तिहरू, र विदेशी सुरक्षा निकायबाट अवकाश प्राप्तहरूलाई विशेष प्राथमिकता दिइनेछ । साथै, सुरक्षा निकायको भर्ना प्रक्रियामा शारीरिक तथा स्वास्थ्य परीक्षण उत्तीर्ण गरी प्रवेश पत्र लिएका उम्मेदवारहरूले पनि प्राथमिकता पाउने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05