Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘उज्यालो क्षेत्रमा मेरो काम, नेपालको लागि सफल मोडेल हो’

प्रकाशित मिति : २०८२ माघ १३ गते
file photo.

काठमाडौँ / उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेको काम नेपालका लागि एउटा सफल मोडेलका रूपमा स्थापित भएको दाबी गरेका छन् ।

मंगलवार काठमाडौँमा आयोजित उज्यालो नेपाल काठमाडौँ–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सो दाबी गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उनले मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन बनाउँदै घर–घरमा रोजगारी सिर्जना उज्यालो नेपाल पार्टी प्रतिबद्ध रहेको बताए । मुलुकलाई कृषि, खानेपानी र रोजगारीको क्षेत्रमा आत्मनिर्भर हुनको लागि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनेपालाई मतदान गर्न आह्वान पनि गरे ।

अध्यक्ष घिसिङले हाल मुलुक परनिर्भरतातर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सफल भएपनि क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताए । उनले मुलुकको समग्र विकासका लागि रोडम्यापसहित छिट्टै पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने बताए ।

उनले भने ‘नेपालको ऊर्जा क्षेत्रमा मैले गरेको काम एउटा मोडेलको रूपमा स्थापित भएको छ । अब नेपालको हरेक घरघरमा रोजगारी सिर्जना हुनुपर्छ । हरेक व्यक्ति सम्पन्न हुनुपर्छ । देशलाई आत्मनिर्भर बनाउनुपर्छ । आज देश परनिर्भरतातिर अगाडि बढेको छ । हामीले ऊर्जामा आत्मनिर्भर बनायौँ । अरू सबैजसो क्षेत्र अहिले आत्मनिर्भर हुन सकेका छैनन् ।

कृषिमा आज हामीले सबै कुरा आयात गरेर खानुपर्ने स्थिति छ । त्यसकारण आज आर्थिक रूपमा आत्मनिर्भर देशको रूपमा नेपाललाई स्थापित गर्नको लागि, देशभित्रै रोजगारी सिर्जना गरी हरेक व्यक्तिको अनुहारमा उज्यालो ल्याउनको लागि उज्यालो नेपाल पार्टीलाई मतदान गर्नुहोला ।’

उनले यातायात, शिक्षा र स्वास्थ्य तथा विद्युत् समेत निःशुल्क गर्ने भिजन आफूसँग रहेको दाबी पनि गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05