Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘समग्र देवघाटको विकासमा फोनिजको विशेष भूमिका’

फोनिज चितवनको एघारौं साधारण सभा
प्रकाशित मिति : २०८२ माघ २१ गते
Photo : Bina Tamang / newsprabah

– बबिलाल तामाङ
देवघाट  । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले समग्र देवघाट क्षेत्रको सामाजिक, धार्मिक तथा सांस्कृतिक विषयवस्तुलाई बाहिर ल्याउनमा फोनिज चितवनले विशेष भूमिका खेलेको बताएका छन् ।

आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को शुुक्रबार आयोजित एघारौं साधारण सभा तथा वनभोज कार्यक्रममा अध्यक्ष मगरले सो बताएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

फोनिजका पत्रकार साथीहरु बेलाबेला गाउँमा आगमन हुने यस गाउँपालिकाको विषयवस्तुलाई पनि सञ्चारमाध्यमद्वारा स्थान दिँदै देवघाटको परिचय फराकिलो बनाइदिएको उनको भनाइ थियो ।

उनले फोनिज चितवनसँगको सहकार्य विगतदेखि रहँदै आएको र आगामी दिनहरुमा पनि रहने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का सङ्घीय सचिव सन्दीपकुमार श्रेष्ठले आदिवासी जनजातिका मुद्धाहरुलाई सार्वजनिक गर्न फोनिजको दायित्व रहेको बताए ।

नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारीले नेपालको राजनैतिक परिवर्तनमा आदिवासी जनजाति समुदायको योगदान उच्च रहेको बताए । उनले प्रथम शहीद लखन थापामगर नै देशको पहिलो शहीद भएको बताउँदै समाज रुपन्तरणको लागि आदिवासी जनजातिको भूमिका सदैव अग्रणी स्थानमा रहेको उल्लेख गरे ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष सागर कुमालले फोनिजकर्मीको उपस्थितिले आदिवासी जनजाति समुदायको सञ्चारमाध्यममा राम्रै प्रभाव रहेको बताए । हिजोका दिनमा आदिवासी जनजातिका आवाजलाई बाहिर ल्याउनै समस्या बताउँदै आज हाम्रो आवाज उठाउन हाम्रै समुदाय सक्षम भइसकेको उनको भनाइ थियो । फोनिजकर्मीको उपस्थिति सिङ्गो आदिवासी जनजातिको लागि ज्यादै महत्त्वपूर्ण विषय भएको उनले प्रष्ट पारे ।

तीन पत्रकारसहित दुई संस्थालाई सम्मान
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले एघारौं साधारण सभाको अवसर पारेर तीन जना पत्रकारसहित दुई संस्थालाई सम्मान गरिएको छ ।

कार्यक्रममा चितवन पोष्ट दैनिकका दिलीप केसी, नारायणी अनलाइनका घना गुरूङ र खेलपाटी डटकमकी आश्मा लाईलाई सम्मान गरिएको हो ।

यस्तै, सोही अवसरमा आदिवासी जनजाति समुदायबाट सञ्चालित सञ्चारगृहको रूपमा सेतो नेपाल डटकम र संस्थागत विकासमा योगदान दिएको भन्दै देवघाट गाउँपालिकालाई सम्मान गरेको छ ।

लामो समयदेखि काम गर्दै आएका तर, ओझेलमा रहेका सञ्चारकर्मीलाई सम्झिने प्रयास गर्दै आएको फोनिज चितवनका अध्यक्ष तुलमान गुरूङले जानकारी दिए ।

फोनिज चितवनले यस वर्षदेखि आदिवासी जनजाति समुदायबाट सञ्चालित सञ्चारगृहलाई पनि समेट्ने प्रयास गरिएको छ ।

कार्यक्रममा फोनिज चितवनको संस्थागत विकासमा आर्थिक सहयोग गरेका व्यक्तिहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

वनभोजसहित आयोजना गरिएको साधारण सभामा फोनिज चितवनका सचिव आशिक रानामगरले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको छ ।

फोनिज चितवनका अध्यक्ष तुलमान गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । चितवनमा फोनिजको स्थापना करिब डेढ दशक भएको छ भने हाल संस्थामा सय बढी आदिवासी जनजाति पत्रकारहरु आवद्ध रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22