Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चुनीखेलमा ठूलो आगलागी, २४ विपन्न परिवार विस्थापित

प्रकाशित मिति : २०८२ माघ २१ गते
File Photo

काठमाडौं / काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१३, चुनीखेलस्थित नयाँबस्तीमा मंगलबार मध्यराति भएको आगलागीले ठूलो क्षति पुर्‍याएको छ । आगलागीका कारण टहरामा बस्दै आएका २४ विपन्न परिवार विस्थापित भएका छन् । राति करिब १०ः४५ बजे एक्कासि सल्किएको आगोले बस्तीको ठूलो हिस्सालाई चपेटामा लिएको थियो ।

आगो नियन्त्रणभन्दा बाहिर जान लाग्दा आगोको घेरामा फसेका ७ जनालाई तत्कालै सकुशल उद्धार गरिएको छ । घटनालगत्तै काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलहरू घटनास्थल पुगेका थिए । दमकल, सुरक्षाकर्मी र स्थानीयवासीको करिब साढे दुई घण्टाको निरन्तर प्रयासपछि बुधबार बिहान सवा १ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

- ADVERTISEMENT -

Advertisement

वडाध्यक्ष टिकानारायण श्रेष्ठका अनुसार आगलागीबाट २४ कोठा भएको लामो टहरा पूर्ण रूपमा जलेर नष्ट भएको छ । ‘विभिन्न जिल्लाबाट राजधानी आएर कोठा भाडामा लिई बसोबास गरिरहेका २४ परिवारको बासस्थान खरानी भएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘उहाँहरू सबैको बिचल्ली भएको छ ।’

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, प्रहरीले आज घटनास्थलको मुचुल्का उठाई क्षतिको यकिन विवरण संकलन गर्ने जनाएको छ ।

अचानक आइपरेको विपत्तिका कारण घरबारविहीन भएका पीडितहरूलाई तत्कालका लागि नजिकैका अन्य सुरक्षित टहराहरूमा आश्रय दिइएको छ । वडा कार्यालयले पीडित परिवारका लागि तत्काल खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने तयारी तीव्र पारेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05