Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

झापाको रास्वपा सम्पर्क कार्यालयमा क्षति

प्रकाशित मिति : २०८२ माघ २२ गते

काठमाडौं / झापाको कमल गाउँपालिका–२ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालय रहेको घरमा गएराति ढुंगा प्रहार भएको छ । झापा निर्वाचन क्षेत्र नं. ५ अन्तर्गत पर्ने सो क्षेत्रमा जयप्रकाश अधिकारीको घरमा भाडामा लिई सञ्चालन गरिएको रास्वपाको सम्पर्क कार्यालयलाई लक्षित गरी आक्रमण भएको हो ।

बुधबार मध्यराति भएको उक्त घटनामा घरको माथिल्लो तलामा रहेको कार्यालयको झ्यालका सिसाहरू फुटेका छन् । ढुंगा प्रहारबाट घरधनी बस्ने कोठाको सिसामा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराज गेलालका अनुसार घटनाको जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी अनुसन्धान अघि बढाइएको छ । उनले सम्पर्क कार्यालय रहेको कोठाभित्र भने कुनै गम्भीर क्षति नभएको र घरको बाहिरी सिसाहरू फुटेको बताए । ‘ढुंगा प्रहारबाट झ्यालको सिसा फुटेको छ, हामीले यस घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेका छौँ,’ सीडीओ गेलालले भने ।

रास्वपाका क्षेत्रीय सभापति भेषराज भट्टराईले लोकतान्त्रिक अभ्यासमा यस्ता उच्छृंखल गतिविधि स्वीकार्य नहुने भन्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन् । घटनामा संलग्न व्यक्तिको पहिचान भइनसकेको र खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ । मध्यराति भएको यस घटनाले स्थानीय क्षेत्रमा सुरक्षा संवेदनशीलता बढाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05